Logo

केमु आइओएस एप्स सार्वजनिक, क्रेता र विक्रेता दुवैलाई सहयोगी

केमु आइओएस एप्स सार्वजनिक, क्रेता र विक्रेता दुवैलाई सहयोगी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

५ साउन,काठमाडौं । केमुले आइओएस एप्स सार्वजनिक गरेको छ ।

 खरीद प्रक्रियालाई सहज प्रविधिमा आधारित एवं संगठित रुपमा रुपान्तरित गर्ने उद्देश्यका साथ सो एप्स सार्वजनिक गरिएको बताइएको छ । केमु आइओएस एप्प नेपालमा अनलाइन कारोबारलाई सहज बनाउने गरी निर्माण गरिएको कम्पनीको दावी छ ।
यसमा रहेका नयाँ विशेषताहरुले गर्दा बिक्रेताहरुलाई बिक्रीका लागि राखिएका उत्पादनहरुको तालिका बनाउन सजिलो हुन्छ  ।

त्यस्तै खरीदकर्ताहरुलाई ती बृहत सूचीबाट आफूलाई आवश्यक उत्पादन छान्न सहज पनि हुन्छ । यो एप्पलाई एप्पल एप्प स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ । केमुले क्रेता र बिक्रेता दुवैका लागि आपसी छलफल गर्ने मन्च उपलब्ध गराउँदछ र  ।

स्मार्ट फोनदेखि लिएर कम्प्युटरहरु, कपडाहरु, सामानहरु र घरायसी उपकरणहरु र अन्य धेरै वस्तुहरुका बारेमा सूचना दिई उत्कृष्ट कारोबारको मौका दिलाउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL