Logo

सन २०३० सम्म ‘सिक्स जी’ इन्टरनेट, १४२ घण्टा लामो एचडी भिडियो एक सेकेन्डमा डाउनलोड हुने

सन २०३० सम्म ‘सिक्स जी’ इन्टरनेट, १४२ घण्टा लामो एचडी भिडियो एक सेकेन्डमा डाउनलोड हुने



काठमाडौं । विश्व हाल पाँचौ पुस्ताको फाईभजी प्रविधिको खोजमा लागिरहेका बेला चीनले भने सिक्स जीमा ध्यान केन्द्रित गरेकोे छ । चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले भविष्यमा गरिने नेटवर्क विकासका लागि पूर्वतयारीको घोषणा गरिसकेको छ ।

यसको जग निर्माण पनि गरिसकिएको छ भने केही विज्ञहरुको धारणा लिने क्रममा भने सिक्सजी को गति १ टेराबाईट प्रति सेकेन्ड हुने बताएका छन । जुन फाईभजीको तुलनामा ८ हजार गुणा तीव्र गति हो ।

चीनले सिक्स जीमा अध्ययन अनुसन्धान गर्न २ ओटा सक्रिय अनुसन्धान समूह बनाएको छ । एक समूहले मन्त्रालयगत छलफलका विषयहरु हेर्छ । उक्त समूहले दोस्रो समूहलाई मन्त्रालयगत हिसावले सहयोग गर्छ जुन पुर्ण प्राविधिक सहयोग हो । दोस्रो समूह भने पूर्णतया प्राविधिक समूह हो । जसमा विभिन्न अनुसन्धान तथा प्रविधि विश्वविद्यालयका ३७ विज्ञहरु सामेल छन ।

सिक्सजीको अनुसन्धान हुँदै गर्दा फाईभजी नेटवर्कलाई समेत सोहीअनुसार सक्रिय गर्न सकियो भने अबको १० बर्षमा नयाँ पुस्ताको प्रविधि(सिक्सजी) सार्वजनिक गर्न सकिने विज्ञहरुको भनाई छ । जसको मतलब सन् २०३० सम्ममा सिक्सजी सेवा उपयोग गर्न सकिनेछ ।

सिक्सजीको गति

अहिले सैद्धान्तिक हिसावमा भन्दा सिक्सजी नेटवर्कको गति १ टेराबाईट प्रति सेकेन्डभन्दा उच्च हुनेछ । ‘अथवा ८ हजार गिगाबाईट प्रति सेकेन्ड’, सिड्नी विश्वविद्यालयका विज्ञ डा. मह्युर सिर्वानी मोघाद्दामले बताए ।

‘यसले मानिस र प्रविधिबीचको परस्परतालाई आजको तुलनामा पुर्ण रुपमा परिवर्तन गरिदिनेछ । सिक्सजी युगलाई दिमाग र कम्प्युटरको युग पनि भन्न सकिनेछ । किनकि मानिसको दिमागलाई पनि डिभाईसको रुपमा प्रयोग गर्न सकिनेछ’, उनले भने । सिक्सजी प्रविधि मार्फत उच्च क्वालिटिको १ सय ४२ घण्टा लामो भिडियो पनि एक सेकेन्डमा डाउनलोड गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL