Logo

हुवावेको पी८ मोडलका स्मार्टफोन बजारमा, मूल्य रु ६० हजार

हुवावेको पी८ मोडलका स्मार्टफोन बजारमा, मूल्य रु ६० हजार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता
२६ असार,काठमाडौं । हुवावेको पी८ मोडलका स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेको नेपाली बिक्रेता कल मोबिलिटीले शुक्रबार राजधानीमा ‘पी ८’ सहित तीन मोडल सार्वजनिक गरेको हो ।
यसको मूल्य नेपाली बजारमा ५९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
यसको डिजाइन अग्र र पृष्ठ भागमा सतह पारिएको छ । जहाँ २.९ मिलिमिटरको अत्यन्त साँघुरो अदृश्य फ्रेम रहेको छ । यसमा सजिलो पकडका लागि ७दशमलव ६७ परिधिको बक्र रेखाहरु प्रयोग गरिएको छ । ‘पी ८’ फोर जी नेटवर्क भएको स्मार्टफोन हो । जसमा एकै पटक दुईवटा सीम प्रयोग गर्न सकिन्छ । यसको मोटाई जम्मा ६ दशमलव४ मिलिमिटर रहेको छ ।

यो विश्वकै पहिलो ४ कलरको १३ मेगा पिक्सेल क्यामेरा जडान गरिएको स्मार्ट भएको कम्पनीको दाबी छ । यसमा भएको ८ मेगापिक्सेल क्यामेराले जिवन्त तस्विर कैद गर्न सकिन्छ ।
त्यस्तै ८ मेगापिक्सेल फ्रन्ट क्यामेराले उत्कृष्ट सेल्फी लिन सकिने छ । कम प्रकास भएको ठाउँमा पनि उत्कृष्ट फोटो खिच्न सकिने कम्पनीले बताएको छ । फोटो खिच्दा हात हल्लिए पनि यसमा भएको ओआइएस प्रविधिले फोटोको गुणस्तरलाई कायमै राख्न मद्दत गर्छ ।

Huwaei-P8-photo-4
‘पी ८’ मा ३ जीबी, र्याम,१६ जीबी रोम, ५.२ इञ्चको एफएचडी डिस्प्ले, २६८० एमएएच क्षमताको ब्याट्रि लगायतका सुविधाहरु रहेका छन् । यो एन्ड्रोइड ५.० अपरेटिङ सिष्टममा चल्छ ।

यसका साथै कम्पनीले ‘पी ८ लाइट’ मोडल पनि सार्वजनिक गरेको छ । यो ‘पी ८’ मोडलको लाइट संस्करण हो । यसमा २ जीर्बी याम, १६ जीबी रोम, १.२ गीगाहर्ज अक्टोकोर प्रोसेसर लगायतका सुविधा छन् । ‘पी ८ लाइट’ मा पछाडि १३ मेगा पिक्सेल क्यामेरा रहेको छ भने अगाडि ५ मेगा पिक्सेल क्यामेरा रहेको छ । यसको मूल्य २८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

हुवावे मिडिया प्याड एक्स टुु हुवावेको प्याड हो । यसमा ७ इञ्चको एफएचडी डिस्प्ले रहेको छ । एक्स टुमा १२००× १९२० पिक्सलेको विच्छेदन क्षमता भएको एलटिपीएस एचडी डिस्प्ले जडित छ ।
फोर जी नेटवर्क सेवा, दुई सिम, भ्वाइस कलको सुविधा, अगाडि ५ मेगापिक्सल क्यामेरा, पछाडि १३ मेगापिक्सल क्यामेरा, तीब्र गतिको ६४ बिट अक्टाकोर प्रोसेसर, ३ जीर्बी याम, ३२ जीबी रोमजस्ता सुविधाहरु रहेका छन् । यसको मूल्य ४९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
हुवावे टक ब्याण्ड टु नयाँ पुस्ताको शक्तिशाली पहिरिन मिल्ने उपकरण हो । जसले स्मार्ट जीवनशैली जिउन चाहानेहरुलाई सबै सुविधाहरु प्रदान गर्छ । यसले मानिसको दिनचार्याको हरेक गतिविधिको तालमेल राख्दछ ।यसमा भएको फोन पत्ता लगाउने प्रविधिले फोन छलिएको समयमा फोनलाई घण्टीको संकेत बजाउन निर्देशन दिन्छ । यसलाई फोनसँग मेल गरेमा क्यामेराको रिमोट कन्ट्रोलको समेत काम गर्छ ।

यसले मानिसले गर्ने शारिरिक ब्यायामको समेत अनुगमन गरी आवश्यक सुधार गर्न सुझाव दिन्छ । यसबाट फोन गोजीबाट ननिकाली कल रिसिभ गर्न सकिन्छ । अडिको आकारमा रहेको यसको मूल्य १८ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL