Logo

माइक्रोम्यक्सको क्यानभास डुडल बजारमा, मूल्य रु. १६ हजार

माइक्रोम्यक्सको क्यानभास डुडल बजारमा, मूल्य रु. १६ हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१८ असार,काठमाडौं । माइक्रोम्याक्सको क्यानभास डुडल ४ (क्यू ३९१) मोवाइल नेपाली बजारमा भित्रिएको छ । एण्ड्रोइड ५.० ललिपप अपरेटिङ सिस्टमले गुगल प्ले स्टोरबाट आवश्यकता अनुसारको एप्स डाउनलोड गर्न सकिन्छ ।

यसका भएको भ्वाइ कमान्ड प्रयोग गर्न सहज गराउँछ । यस शक्तिशाली अपरेटिङ सिस्टमका साथै यस फोनमा १ दशमलव ३ गिगाहर्जको क्वाड प्रोसेसर एआरएम कोटेकस एसेभेन प्रासेसर छ जसले गर्दा मोवाइलमा गेम खेल्नुका साथै विभिन्न प्रकारका एपहरु चलाउन सहज हुन्छ ।

माइक्रोम्याक्सले ग्राहकहरुको मोबाइल अनुभवलाई अझै प्रखर बनाउन यस फोनमा ६ इन्चको गोरिल्ला ग्लाससहितको आइपीएस स्क्रिन राखेको छ । साथै यसमा भएको ८ मेगापिक्सलको रियर र २ मेगापिक्सलको फ्रण्ड क्यामराले जिवन्त तस्विर कैद गर्न सकिन्छ ।

यसमा ८ जीबीको इन्टर्नल मेमोरी, १ जीबी डिडीआरथ्री र्यामलगायत सुविधा छन् । यसको बजार मूल्य रु १५ हजार ९ सय ५० पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL