Logo

स्मार्टफोन हरायो?, गुगल सर्च गर्नुहोस

स्मार्टफोन हरायो?, गुगल सर्च गर्नुहोस


रामराजा श्रेष्ठ
0
Shares

९ बैशाख,काठमाडौं । सर्च इन्जिन गुगलले दैनिक जीवनका धेरै कुरामा सहयोग गरिरहेको छ । त्यस्तैमा अव हराएको फोन खोज्न पनि मद्धत गर्ने भएको छ । यदी तपाईको एण्ड्रोइड फोन हरायो या छुटेको ठाँउ याद भएन भने  गुगलले स्मार्टफोन खोज्नका लागि तपाईको मद्धत गर्न सक्छ ।

गुगलका अनुसार जो कोहीले पनि डेस्कटपमा गुगल सर्चको प्रयोग गरेर यो काम गर्न सक्नेछन् ।

यसका लागि स्मार्टफोन हराएको व्यक्तिले ‘फाइन्ड माई फोन’ टाइप गरेर सर्च गर्नुपर्ने हुन्छ । यसरी सर्च गरेपछि फोनको अवस्थितिबारे गुगलले जानकारी दिनेछ र मोबाइल रहेको स्थान पत्ता लाग्नेछ ।

तर, यसरी हराएको स्मार्टफोन खोज्नका लागि सो स्मार्टफोनमा स्मार्टफोनमा गुगल एपको नयाँ भर्जन राखेको हुनुपर्छ । त्यस्तै उक्त स्मार्टफोनमा लोकेशन सेवा पनि सुचारू गरेको हुनुपर्छ, जसले गर्दा गुगलले हराएको फोन खोज्न सकोस् ।
गुगल सर्चको प्रयोग गरेर चोरी भएको मोबाइल लक गर्न सकिनेछ । त्यसैगरी मोबाइलमा रहेको डाटा पनि डिलिट गर्न सकिनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL