Logo

ओप्पो एफनाइन जेड ग्रिन सार्वजनिक हुँदै, यस्ता छन विशेषता

ओप्पो एफनाइन जेड ग्रिन सार्वजनिक हुँदै, यस्ता छन विशेषता



काठमाडौं । ओप्पोले आफ्नो ओप्पो एफनाईनको जेड ग्रिन सार्वजनिक गर्ने भएको छ । अहिले सम्म सार्वजनिक गर्ने निश्चित मितिको निक्र्यौल भई नसकेको भएतापनि ओपो एफनाइन जेड ग्रिन यही जनवरी महिना भित्र नेपाली बजारमा उपलब्ध गराउने सम्भावना रहेको कम्पनीले जानकारी दिएको हो ।

उक्त फोन हरियो, सेतो र सुनौलो रंगको सम्मिश्रण सहित सार्वजनिक गर्ने तयारी गरिएको हो । फोनको अघिल्तिर डिस्प्लेको माथिल्लो भागमा ओपोको सिग्नेचर वाटरड्रप (पानीको थोपा) झैँ देखिने नोचको ब्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । एफनाइनमा ९० दशमलव ८ प्रतिशत डिस्प्ले ओगट्ने गरी यस श्रेणीको फोन मध्यकै उच्च स्क्रिन टू बडी रेसियोको प्रयोग गरिएको छ । जेड ग्रिन फोनमा पनि यसैलाई निरन्तर्ता दिइएको देखिन्छ ।

फोनको प्यानललाई कोर्निङ गोरिल्ला ग्लास ६ मार्फत सुरक्षा प्रदान गरिएको छ । कम्पनीको दावी अनुसार गोरिल्ला ग्लास ५ का तुलनामा ६ ले दोब्बर सुरक्षा प्रदान गर्ने क्षमता राख्छ । फोनमा रहेको नोचमा सेल्फीका लागि २५ मेगापिक्सेलको क्यामेरा र पोट्र्रेर तथा बोके शट्सका लागि १६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितका क्यामेराको ब्यवस्था गरिएका छन् ।

ओपो एफनाइनमा कम्पनीले प्रोशेसरका रुपमा ४ जीबी ¥याम र ६४ जीबी रोमका साथमा मिडियाटेक हिलियो पी ६० उपलब्ध गराएको छ । फोनको निरन्तर प्रयोगमा सघाउने सोचका साथ कम्पनीले यसमा भोक फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने ३ हजार ५ सय एमएएच क्षमता सहितको ब्याट्री जडान गरेको छ । यसले मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम दिने क्षमता राख्छ । यसको मूल्य भने अहिले बजारमा उपलब्ध ओपो एफनाइनकै हाराहारीमा हुने अनुमान गरिएको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL