Logo

टेलियालाई १५ दिनभित्र ६५ अर्ब कर तिर्न ठूला करदाता कार्यालयको सूचना

टेलियालाई १५ दिनभित्र ६५ अर्ब कर तिर्न ठूला करदाता कार्यालयको सूचना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ठूला करदाता कार्यालयले टृलियालाई १५ दिन भित्र पुँजीगत लाभकर तिर्न सूचना दिएको छ ।

स्वीडेनको टेलिकम सेवा प्रदायक कम्पनी टेलियालाई नेपालमा एनसेल बिक्री गर्दाको पुँजीगत लाभकर तिर्न सूचना जारी गरेको हो । टेलियाले एनसेलको सेयर बिक्री गर्दा तिनुपर्ने जरिवाना र ब्याज सहित ६५ अर्ब रुपैयाँ तिर्नुपर्ने छ ।

सूचनामा नियम अनुसार कर तिर्न नआएमा कानूनी कारबाही गरिने उल्लेख छ ।

हल एनसेलको स्वामित्व परिवर्तनमा कर तिर्ने विषयको मुद्दा अदालतमा छ । लाभकर नतिर्दासम्म लाभांश रकम लैजान करदाता कार्यालयले रोक लगाएपनि लाभांश रकम लैजान दिनुपर्ने फैसला सर्बोच्च अदालतले गरेको छ ।

यता टेलियाले भने नेपालमा आफ्नो कर दायित्व नरहेको बताउदै आएको छ ।

हालसम्म एनसेलले लाभकर वापत २३ अर्ब ५६ करोड रुपैयाँ तिरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL