Logo

बिराटनगरको हाटखोलामा एनसेल मेला

बिराटनगरको हाटखोलामा एनसेल मेला


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेलले शनिवार बिराटनगरको हाटखोलामा एनसेल मेला २०७४ आयोजना गरेको छ । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुने तथा दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्ने मुल उदेश्यका साथ मेला आयोजना गरेको हो ।

यो मेलामा दर्शकले कलाकारहरुको प्रस्तुतिसँगसँगै गाउँदै नाच्दै रमाईलो गरेका थिए ।

बिहान ११ बजे शुरु भएको उक्त मेलामा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, फोरजी थिममा आधारित गेम स्टलहरु, जुनियर सिङगिङ आइडल, किड्स जोन, फेसबुक ट्यागिङ् र फुड स्टलहरु समावेस गरिएको थियो ।

मेलामा रहेको एनसेल फोरजी जोनमा आगन्तुकहरुले दु्रतगतिको नयाँ सेवा फोरजी इन्टरनेट चलाएर टेष्ट गर्न सकिने र मेला स्थलबाट नै फोरजी सिम लिन सकिने व्यवस्था मिलाइएको थियो ।

रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहि लगाएत कलाकार शिव परियार, आशिस राना (लाउरे) तथा सांगितिक समुह कबवेब र द एज व्याण्डको उपस्थिती रहेको थियो ।

मेलाको अन्य आकर्षणमा देशी र विदेशी परिकारहरु थियो ।

एनसेलले उक्त मेला सम्पन्न पश्चात पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL