Logo

स्पाईस एण्ड्रोइड वान स्मार्टफोन नेपालमा, मूल्य ११ हजार ९ सय ९०

स्पाईस एण्ड्रोइड वान स्मार्टफोन नेपालमा, मूल्य ११ हजार ९ सय ९०


बिजखबर संवाददाता
27
Shares

बिजखबर संवाददाता

३ माघ, काठमाडौं । ज्योति समूहले नेपालमै पहिलो पटक एण्ड्रोइड वान स्मार्टफोन ल्याएको छ । समूह अन्तर्गतको स्टार्क टेक कम्पनी प्रालिले स्पाई मोबाइलको एण्ड्रोइड वान भर्सनको स्मार्टमोबाइल नेपाल भित्र्याएको हो । स्टार्क टेक नेपालका लागि स्पाईस मोबाइलको आधिकारिक विक्रेता हो ।

ज्योति भवनमा आइतवार आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष सौरभ ज्योति र प्रमुख ब्राण्डिङ अधिकृत श्रीजना ज्योतीले ‘स्पाईस ड्रिम यूएनओ एमआई–४९८’ मोडलको उक्त स्मार्टफोन सार्वजनिक गरे ।

saurab-spice-mobile

उक्त स्मार्टफोनमा गुगलको सफ्टवेयर रहेको छ । यसको अपरेटिङ सिष्टम समेत अटोमेटिकरुपमा अपडेट हुने छ । एकैपटक दुई ओटा थ्रिजी सिम प्रयोग गर्न सकिने स्पाईस एण्ड्रोइड वान स्मार्टफोनमा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको छ । एण्ड्रोइडको ४.४.४ किटक्याट भर्सनमा चल्ने यस मोबाइलमा ५ मेगापिक्सलको रियर (पछाडी) र २ मेगापिक्सलको फ्रण्ट (अगाडी)को क्यामेरा रहेको छ । वाईर्फाई, ब्लूटूथ, एफएमलगायत विभिन्न सुविधा रहेको यस मोबाइलको मूल्य ११ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

स्टार्क टेक कम्पनीले उक्त स्मार्टफोन विक्रीका लागि www.ohobazar.com (ओहोबजार डटकम)सँग अनलाईन विक्रीका लागि सहकार्य गरेको छ । जसअनुसार अब कम्पनीले शुरूमा अनलाईनमार्फत मात्रै उक्त स्मार्टफोन विक्री गर्ने भएको छ । सोमवार बिहान ११ बजेदेखि उक्त मोबाइल www.ohobazar.com बाट खरीद गर्न सकिने अध्यक्ष ज्योतिले जानकारी दिए ।

biswas-dhaka-spice-mobile

अनलाईन मार्केट ओहोबजारमा हाल १ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष ग्राहक रहेको एफवान सफ्टका अध्यक्ष विश्वस ढकालले जानकारी दिए । ओहोबजारले पहिलो चरणमा १ हजार थान स्पाईस एण्ड्रोइड वान स्मार्टफोन विक्री गर्ने लक्ष्य लिएको छ । अनलाईनबाट बुक गराएर अथवा ईसेवाबाट पैसा तिरेर उक्त फोन किन्न सकिने छ । कम्पनीले अनलाईनबाट खरीद गरेको ४८ घण्टाभित्रै मोबाइल ग्राहकले चाहेको ठेगानामा पु¥याईदिने उनले जानकारी दिए ।

स्टार्क टेक कम्पनी गत सेप्टेम्बरदेखि स्पाईसको नेपालका लागि आधिकारिक विक्रेता भएको हो । कम्पनीले एक महिनाभित्रै स्पाईसका करीब २० थरी मोबाइल सार्वजनिक गर्ने बताएको छ । नेपालमा स्पाईसका २५ ओटा क्षेत्रीय वितारक एवम् २ हजार ५ सय रिटेलर मार्फत स्पाई विक्री गर्ने उनले जानकारी दिए । कम्पनीले मुलुकका विभिन्न स्थानमा २५ ओटा सर्भिस सेण्टर समेत स्थापना गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL