Logo

मुस्ताङको लोमान्थाङमा पुग्यो टेलिकमको थ्रीजी सेवा, म्याग्दीमा टुजी

मुस्ताङको लोमान्थाङमा पुग्यो टेलिकमको थ्रीजी सेवा, म्याग्दीमा टुजी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा थ्रीजी सेवा विस्तार गरेको छ । टेलिकमले करिब ३ हजार ८ सय मिटर अग्लो स्थानमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा थ्रीजी बिटिएस टावर राखेको हो ।

टेलिकमले मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गराएको हो । सो टावरसँगै लोमान्थाङ गाउँपालिकाका सबै स्थान र दालोमे गाउँपालिकाका केही स्थानमा समेत थ्रीजी सेवा पुग्नेछ ।

सो सेवाबाट सो क्षेत्रका ४ सय ५० भन्दाबढी घरधुरीका साथै लोमान्थाङ, छोसेर र कोरला नाकासम्म घुम्न जाने पर्यटकले सो सेवा उपभोग गर्न सक्नेछन्

त्यसैगरी नेपाल टेलिकमले म्याग्दी जिल्लाको ओखरबोटमा पनि टुजी बिटिएस टावर सञ्चालनमा ल्याएको छ । म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ३, डाँडागाउँ किटेनीमा सो टावर स्थापना गरिएको हो । सो टावरमार्फत अब मालिका गाउँपालिकाका वडा नम्बर २ अन्तर्गत रुमा, जेमा, बिलवाङ र खवाङ; वडा नम्बर ३ अन्तर्गत झागाउँ, अउला र पातले तथा वडा नम्बर ४ अन्तर्गत ओखरबोटका सबै क्षेत्र गरी ७ सय भन्दा बढी घरधुरी लाभान्वित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL