Logo

एनसेलद्वारा एपक्याम्प विजेतालाई पुरस्कार हस्तान्तरण, एपले नविन प्रविधिको विकासगर्ने बुगाएनको भनाइ

एनसेलद्वारा एपक्याम्प विजेतालाई पुरस्कार हस्तान्तरण, एपले नविन प्रविधिको विकासगर्ने बुगाएनको भनाइ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ माघ, काठमाडौं । एनसेलले एनसेल एपक्याम्प २०१४ का विजेताहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेको छ । एनसेलले प्रतियोगितामा कृषितर्फ उत्कृष्ट हुँदै समग्र विजेता बनेको आइसीटी फर एग्रिकल्चर समूहलाई ७ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उक्त समुहले  चेक सहित अन्तराष्ट्रिय एपक्याम्पमा सहभागिताका लागि एनसेलको प्रायोजन प्राप्त गरेको छ ।

पुरस्कार वितरण समारोहमा एनसेलकी प्रमुख वित्तीय अधिकारी क्यारोलिना बुगाएनले विजयी समूहका कप्तान सिबजन चौलागाईंलाई ५ लाख रुपैयाँको चेकसहित प्रायोजन प्रमाणपत्र हस्तान्तरण गरिन् । यस्तै प्रोबायोटेक इन्डस्ट्रीजका सेल्स प्रमुख शितलकुमार श्रेष्ठले २ लाख ५० हजार बराबरको चेक प्रदान गरेका थिए ।

त्यसैगरी विधागत समूह अन्तर्गत कर्पोरेट सोलुसन्सतर्फ उत्कृष्ट भएको सेन्टीनेप, शिक्षा क्षेत्रतर्फको विजेता समूह रीतिरिवाज र पर्यटन क्षेत्रअन्तर्गतको उत्कृष्ट समूह लिपीलाई नबिल बैंकका चिफ अपरेटिङ्ग अफिसर विनय रेग्मी, काठमाडौं कलेज अफम्यानेजमेन्टका सहसंस्थापक विष्णुराजअधिकारी र एनसेलका सुरक्षा तथा प्रशासन निर्देशक महेन्द्र भट्टचनले क्रमश २ लाख ५० हजार रुपैयाँको चेक पुरस्कार हस्तान्तरण गरेका थिए ।

ncell-app

समग्र विजेता बनेको आइसीटी फर एग्रिकल्चरले प्रयोगकर्तालाई कृषि व्यवसायसम्बन्धी खेतीप्रक्रिया, विज्ञहरुको सल्लाह, बजारबारे सूचना प्रदान गर्दछ । अर्को विजेता सेन्टिनेपकोएपओपिनियोले उपभोक्ताहरुको धारणा विश्लेषण गर्दछ । त्यसैगरी रीतिरिवाज नामक एपले नेपाली संस्कृति, इतिहास र परम्पराबारे प्रयोगकर्तालाई ज्ञान तथा जानकारी प्रदानगर्दछ ।

त्यसैगरी, पर्यटनतर्फको विजेता लिपीले पर्यटकहरुलाई नेपाली भाषाका शब्दहरुलाई अंग्रेजी वा अन्य आवश्यक भाषाहरुमा परिवर्तन गर्न सहयोग गर्दछ । गत मंसिर २५ गते भएको एनसेल एपक्याम्प २०१४ को अन्तिमप्रतिस्पर्धामा स्वतन्त्र विज्ञहरुको समूहले यीएपहरुलाई विजयी घोषणा गरेका थिए ।

सोमवार भएको कार्यक्रममा एनसेल एपक्याम्पका उत्कृष्ट २४ समूहमा छानिएको अन्य सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र गरेका छ ।

एनसेल एप क्याम्प २०१४ नविन प्रविधि विकासको एउटा रोमाञ्चक यात्रा भएको बुगाएनले बताइन । ‘क्याम्पमा बनेका एपहरुले देशका विभिन्न चार क्षेत्रहरुमा ठोस योगदान पुर्याउन सक्छन्,’ उनले भनिन्, ‘त्यसैले यी एपलाई अब बजारमा पठाउने काम गरिहेका छौं ।’

एनसेलका प्रक्रिया तथा योजना प्रबन्धक भायोदोतास एबारा भिसियसलएनसेल एप संसार नामक एप स्टोर सार्वजनिक गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL