Logo

व्हाट्सएप बन्द गर्दै वेलायती प्रधानमन्त्री,प्राइभेसी ग्रुपको विरोध

व्हाट्सएप बन्द गर्दै वेलायती प्रधानमन्त्री,प्राइभेसी ग्रुपको विरोध


रामराजा श्रेष्ठ
27
Shares

 
बिजखबर संवाददाता

laxmi

३० पुस, काठमाडौं । बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले व्हाट्सएप माथी प्रतिबन्ध लगाउने बताएका छन् । आफु दोश्रो पटक प्रधानमन्त्री भए सो एप्लिकेशन बन्द गर्ने बताएका हुन् ।

केही दिनअघि फ्रान्सको पेरिसमा भएको हमलालाई इंगित गर्दै यस्ता एप्स सुरक्षाको दृष्टिकोणले खतरा  भएको बताएका छन् । 

‘अचेल यस प्रकारका एप्लिकेशनको निकै प्रयोग भइरहेको छ,यस्तोमा यी एप्लिकेशनमार्फत हुने कुराकानी माथि नजर राख्नु सम्भव हुदैन’ क्यामरुनले भने ‘यस्तो एप्लिकेशनलाई प्रतिबन्ध लगाउनु सुरक्षाको दृष्टिकोणले राम्रो हुन्छ ।’ सुरक्षा एजेन्सीहरुलाई यस्ता एप्स माथि नजर राख्न धेरै गाह्रो भएको उनले बताएका छन् ।

तर, अर्कोतिर प्राईभेसी ग्रुपले भने क्यामरुनको सो निणर्यको विरोध गरेका छन् । उनीहरुले सुरक्षाको नाममा मानिसको गोप्यतामाथि खेलबाड गर्न नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL