Logo

४ प्रतिशत नेपाली मात्रै दुरसञ्चार पहुँच बाहिर, डाटामा टेलिकम र दुरसञ्चारमा एनसेल अगाडी

४ प्रतिशत नेपाली मात्रै दुरसञ्चार पहुँच बाहिर, डाटामा टेलिकम र दुरसञ्चारमा एनसेल अगाडी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददता
४ पुष, काठमाडौं । नेपालका ४ प्रतिशत जनता मात्रै दुरसञ्चार सेवाको पहुँच बाहिर रहेको पाइएको छ । २०६८ सालको जनगणनालाई आधार मानेर नेपाल दुरसञ्चार प्राधिकरणले यस्तो तथ्याङ्क बाहिर ल्याएको हो । प्राधिकरणले असोज महिनामा सार्वजनिक गरेको म्यानेजमेण्ट इन्फर्मेसन सिष्टम(एमआईएस) प्रतिवेदन अनुसार देशका २ करोड ५३ लाख भन्दा बढी जनसङ्ख्यामा दुरसञ्चार सेवा पुगेको छ ।

यो सङ्ख्या पछिल्लो जनगणनाको करिब ९६ प्रतिशत हुन आउँछ । यस हिसाबले ४ प्रतिशत जनसङ्ख्या मात्रै दुरसञ्चार पहुँच बाहिर रहेको देखिएको हो । तर विशेषगरी एउटा मोबाइल सेवाग्राहीले एक भन्दा बढी सिमकार्ड प्रयोग गर्ने र त्यसको पनि छुट्टाछुट्टै गणना हुने गरेकोले यो तथ्याङ्कको वास्तविकताको विषयमा भने प्रश्न उठेको पाईन्छ ।
प्रतिवेदन अनुसार हालसम्म एनसेलका १ करोड २० लाख भन्दा बढी ग्राहक छन् । त्यस्तै नेपाल टेलिकमका १ करोड १३ लाख भन्दा बढी सेवाग्राही रहेका छन् । त्यसपछि सबैभन्दा बढी ग्राहक स्मार्ट टेलिकमका छन् । एकिकृत लाइसेन्स पाइसकेको स्मार्ट टेलिकमका १२ लाख ग्राहक आधार छ । अन्य बाँकी तीन ओटा सेवा प्रदायकको ग्राहक आधार तुलनात्मक रूपमा कम नै देखिन्छ ।

ग्राहक आधारमा टेलिकम भन्दा अघि रहे पनि डाटा प्रयोगकर्तामा एनसेल पछि परेको छ । एनसेलको ४१ लाख डाटा प्रयोगकर्ता रहेको टेलिकमको भने ५० लाख भन्दा बढी डाटा सेवाग्राही रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL