Logo

क्यान इन्फोटेक मेला सुरु : आईटीसम्बन्धी २ सय स्टल, हरेक दिन विषयविज्ञको सेमिनार

क्यान इन्फोटेक मेला सुरु : आईटीसम्बन्धी २ सय स्टल, हरेक दिन विषयविज्ञको सेमिनार



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा इन्फोडेभलपर्स क्यान इन्फोटेक मेला सुरु भएको छ । एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मेलाको सुभारम्भ गरेकि हुन् । कार्यक्रमको उद्घाटन गर्दै सञ्चार मन्त्री रेखा शर्माले आफू आईटी क्षेत्रको विस्तृत अध्ययन गर्दै अर्थन्त्रमा यसको महत्व बारे बुझिरहेको बताइन् । यसले राज्यको अर्थतन्त्रमा पुर्याउने योगदानका आधारमा यसलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने उनको भनाइ छ ।

laxmi

उनले नेपालमा यस क्षेत्रको जनशक्तिलाई नेपालमै रोक्न नसक्दा हजारौं जनशक्ति बाहिरिँदै गएको तर नेपालका लागि विदेशी कामदार ल्याउनुपरेको बताइन् ।हाल नेपालकै डाटाहरुमा विदेशी कम्पनीको पहुँच भइरहेको बताउँदै अब नेपालबाट यसको पहुँच बाहिर जान नपाउने गरी नेपाली प्रविधिको निर्माण आवश्यक रहेको उनको भनाइ छ ।

मंगलबारदेखि आगामी २९ गतेसम्म चल्ने मेलामा सूचना तथा प्रविधिसम्बन्धी उपकरण, सेवा तथा उत्पादनको प्रदर्शनी गरिने बताइएको छ कार्यक्रम मा बोल्दै कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)का अध्यक्ष रञ्जित कुमार पोध्दारले नेपालीहरु नयाँ प्रविधिसँग नजिकिँदै जानुपर्ने बताएका छन् । उनले देशमा वैदेशिक मुद्रा भित्र्याउने मुख्य स्रोत अब आइटी हुनसक्नी भएकाले यसलाई सरकारले ध्यान दिएर अघि बढ्नुपर्ने बताए । यस्तै उनले यो क्षेत्रमा हुने साइबर हमलाबाट बच्न पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले कार्यक्रममा डिजिटल नेपाल फ्रेमवर्क लाई धरपमा पार्ने गरी नेपाल विद्युत प्राधिकरणले तोकेको पोल भाडा उच्च भएकाले यसलाई परिमार्जन गर्नुपर्ने माग राखेका छन् । कार्यक्रममा बोल्दै क्यानका महासचिव चिरञ्जीवी अधिकारीले मेलामा विभिन्न क्षेत्रका गरी २ सय स्टल रहने बताए । उनले मेलामा प्रवेशका लागि सर्वसाधारणका लागि १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको बताए । उनले मेला भरी प्रत्येक दिन नयाँ नयाँ विषयमा सम्बन्धित विज्ञहरुबाट सेमिनार आयोजना गरिने बताए ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल सरकारी नीतिकै कारण सूचना तथा सञ्चार क्षेत्रमा पछि परेको जस्तो देखिएको बताए । नेपालमा हरेक वर्ष उत्पादन हुने सञ्चार क्षेत्रको जनशक्तिलाई काममा लगाउनुपर्ने उनको माग छ। उनले पब्लिक प्राइभेट पार्टनरसिपमार्फत आइटी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर व्यवस्थित गरिनुपर्ने बताए । ‘अब नेपालमै आइटी सम्बन्धी कम्पनीहरुको स्थापना गरी विदेशी कम्पनीमा पनि नेपाली जनशक्ति खपत गराउने क्रियाकलाप अघि बढाउन आवश्यक देखिन्छ,’ उनले भने, ‘हाल नेपालका हरेक क्षेत्रमा विदेशी आइटी कम्पनीको बिगबिगी रहेको र यसलाई नेपालीले प्रतिस्थापन गर्नुपर्दछ ।’ साथै उनले कार्यक्रम मा बोल्दै उनले अर्थतन्त्रका सूचकहरु सकारात्मक राख्न बैंकको ब्याजदरमा नियन्त्रण गर्नुपर्ने बताए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यक्रममा कोरोनाले आइटी क्षेत्रलाई विशेष जोड दिनुपर्नेमा बाध्य तुल्याएको बताए । नेपालमा पनि आइटी क्षेत्रका जनशक्तिहरु विदेशी जनशक्तीभन्दा कम नभएको उनको भनाइ थियो । यसको सदुपयोगका लागि सरकारले पनि पहिलो प्राथमिकतामा नेपाली उत्पादन, जनशक्ति र प्रविधिलाई राख्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL