Logo

इन्टरनेट सेवाप्रदायकको पीडा, भन्छन् : ‘सरकारलाई तालाचाबी नै बुझाउने अवस्थामा पुग्यौं

इन्टरनेट सेवाप्रदायकको पीडा, भन्छन् : ‘सरकारलाई तालाचाबी नै बुझाउने अवस्थामा पुग्यौं



काठमाडौं । नेपाल इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारी निकायको दादागिरीका कारण तालाचावी सरकारलाई बुझाउने अवस्थामा पुगिसकेको बताएको छ । आईस्पानले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल विद्युत प्राधिकरणले विभिन्न स्थानमा तार काटिदिने र विजुलीको लाइन नै बन्द गरिदिने गरेपछि समस्या उत्पन्न भएको बताएको हो ।

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकले २०७४ यताको पोलभाडाको महशुल नतिरेको, तर व्यवस्थापनमा ध्यान नदिएको लगायतका कारण विजुलीको लाइन काटिदिएको बताएको छ । जसका कारण इन्टरनेट सेवाप्रदायकहरुको सेवामा अवरोध आई उपभोक्ता मारमा परेको आइस्पानका अध्यक्ष सुधिर पराजुली बताउँछन् ।

इन्टरनेट सेवाप्रदायकले २०७४ सालयता प्राधिकरणले पोल भाडा बढाएको भन्दै पोलभाडा तिरेका छैनन् । २०७४ सालमा प्राधिकरणले आफ्नो पोलमा तार झुन्ड्याउँदा प्रतिपोलका भाडा ७ सय रुपैयाँसम्म बढाएको थियो । जसका विरुद्ध आइएसपीहरु छन् ।

यता प्राधिकरण भने आफ्नो पोल प्रयोग गरेवापतको पैसा नबुझाएको भन्दै इन्टरनेट सेवाप्रदायकसँग लगातार पैसा तिर्न ताकेता गरिरहेको छ । तर, इन्टरनेट सेवाप्रदायकले भने वार्तामार्फत पोल भाडा घटाउनुपर्ने, अनावश्यक तार काट्न नहुनेलगायतका माग राखेको छ ।

‘हामीले वार्तामार्फत पोल भाडाको विषय टुंगो लगाउने गरी माग गरेका छौं,’ आइस्पानका अध्यक्ष सुधिर पराजुलीले भने, ‘तर, प्राधिकरणले दादागिरी देखाएर हाम्रो सेन्टर र डाटा सेन्टरको लाइन छानी छानी काट्न थालेको छ ।’
यता आइस्पानका भुतपूर्व अध्यक्ष विनय बोहोराले प्राधिकरले रबैया देखाउँदा लाखौ इन्टरनेट प्रयोगकर्ताहरु मारमा परेको बताए । ‘यता सरकारी निकायले साथ नदिने, तार काटेको काटयै गर्ने उपभोक्ताले पनि हामीलाई नै गाली गर्ने हो भने तालाचावी नै सरकारलाई बुझाउनुपर्ने अवस्थामा पुग्नेछौं,’ उनले भने, ‘यसको असर उपभोक्तालाईसमे पर्ने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL