Logo

एनसेलले घटायो भ्वाइस कलको शुल्क, अब सस्तैमा कल गर्न सकिने

एनसेलले घटायो भ्वाइस कलको शुल्क, अब सस्तैमा कल गर्न सकिने



काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक प्रति मिनेट १.६२ रुपैयाँ कायम गरेको छ ।

प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दा अर्थात पेएजयूगोको नयाँ महशुल दर आइतबार (पुस १७) देखि लागू भएको छ । यस अघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा कर बाहेक १ दशमलव ९९ रुपैयाँ शुल्क रहेको थियो ।

यो नयाँ शुल्क लागु भएसँगै एनसेलका ग्राहकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर कर सहित प्रति मिनेट मात्र २.०५ रुपैयाँमा कल गर्न सक्छन् । यस अघि यो शुल्क कर सहित २.५२ रुपैयाँ रहेको थियो ।

ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग बिना कुनै प्याकेज अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले बताएको छ । आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा सुलभ दरमा प्रदान गर्दै उत्कृष्ट सेवा अनुभव प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेका एनसेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL