Logo

नेपाल टेलिकमको निर्वाचन अफर : ९८ रुपैयाँमै ६ जीबी डाटा

नेपाल टेलिकमको निर्वाचन अफर : ९८ रुपैयाँमै ६ जीबी डाटा



काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन अफर सार्वजनिक गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि टेलिकमले उक्त अफर सार्वजनिक गरेको हो ।

laxmi

उक्त अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको टेलिकमले जानकारी दिएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा २ सय ९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ रुपैयाँमा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ ।

यो अफर आज (२०७९ कात्तिक २७) देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL