Logo

सेलपेको एनीभर्सरी अफर, बैंक खाता लिंक गर्दा २ सय रुपैयाँ तुरुन्तै पाईने

सेलपेको एनीभर्सरी अफर, बैंक खाता लिंक गर्दा २ सय रुपैयाँ तुरुन्तै पाईने



काठमाडौं । सेलकम प्रालिको सेलपे सेवाले बार्षिकोत्सवको अवसरमा एनीभर्सरी अफर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई स्मरणीय बनाउन एनीभर्सरी अफर सार्वजनिक गरेको हो ।

laxmi

कम्पनीको उक्त योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेमा केवाईसी भेरीफाई गरी बैंक लिंक गर्दा २ सय रुपैयाँ वालेट व्यालेन्स पाउनेछन् । यस्तै सोही अफरअन्तर्गत केहि सेवाग्राहीले सामसंग ग्यालेक्सी ए५२ पनि पाउने कम्पनीले जानकारी दिएको छ । यो योजना प्रथम ३ सय ३३ जनालाई लागु हुनेछ । आजैदेखि लागु भएको उक्त योजना अन्तर्गत ग्राहकहरुले सेलपे कार्टमा अधिकतम १ हजार रुपैयाँसम्म २० प्रतिशत छुट पाउन सक्नेछन् ।

साथै पहिलो पटक फण्ड ट्रान्सफर गर्दा २ सय रुपैयाँ बराबरको सपिङ भौचरसमेत सेवाग्राहीले पाउनेछन् ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL