Logo

अब नमस्ते पेबाटै आन्तरिक उडानको टिकट खरिद गर्न सकिने, भाग्यशाली विजेतालाई पोखराको टिकट सित्तैमा

अब नमस्ते पेबाटै आन्तरिक उडानको टिकट खरिद गर्न सकिने, भाग्यशाली विजेतालाई पोखराको टिकट सित्तैमा



काठमाडौं । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । नमस्ते पे प्रयोगकर्ताहरूले ‘नमस्ते पे वालेट’ मार्फत आन्तरिक उडानका एकतर्फी र दुईतर्फी टिकटहरू किन्न सक्ने भएका हुन ।

laxmi

उक्त सेवा एन्ड्रोईडका साथै आइओएस मोबालमा पनि सुरु हुने कम्पनीले जानकारी दिएको छ । नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिंग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुने भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको उक्त एपबाट उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा ३ सय रुपैयाँ फ्ल्याट क्यासब्याक पाउने छन् । यस्तै कम्पनीले भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउने जानकारी दिएको छ ।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL