Logo

वर्ल्ड स्टार्टअप इन्डेक्स : वर्चस्व बढाउँदै भारत, जापानलाई उछिनेर चीनलाई पछ्याउँदै, नेपाल ५२९ औं स्थानमा

वर्ल्ड स्टार्टअप इन्डेक्स : वर्चस्व बढाउँदै भारत, जापानलाई उछिनेर चीनलाई पछ्याउँदै, नेपाल ५२९ औं स्थानमा



काठमाडौं । पहिलो पटक भारतका पाँच सहरहरूले स्टार्टअपको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको आधारमा विश्वको शीर्ष सयको सूचीमा परेका छन्। सूचीमा बेङ्लुरु आठौं र दिल्ली १३औँ स्थानमा छन् । यसका अलावा चेन्नई, पुणे र हैदरावाद पनि सूचीमा परेका छन् ।

इजरायलको स्टार्टअप–ब्लिन्क संस्थाले जारी गरेको वार्षिक स्टार्टअप इकोसिस्टम रिपोर्टमा आगामी केही वर्षहरूमा भारतले यस क्षेत्रमा नयाँ इतिहास रच्ने दाबी गरिएको छ । स्टार्टअप इन्डेक्समा यो वर्ष एक स्थान सुधार गरेपछि भारत सिंगापुर, अष्ट्रेलिया र चीनपछि विश्वको १९औँ उच्च स्थानमा र एसिया–प्रशान्त क्षेत्रमा चौथो उच्च स्थानमा रहेको देश बनेको छ। नेपाल भने सूचीमा धेरै पछाडि रहेको छ । सूचीमा समावेश १ हजार शहरमध्ये नेपालको राजधानी काठमाडौं ५२९ नम्बरमा रहेको छ ।

एसिया प्यासिफिक क्षेत्रका देशहरूमध्ये भारत चीनभन्दा पछाडि छ । यो सूचीमा सिंगापुर र अस्ट्रेलियापछि चीन तेस्रो स्थानमा छ । योसँगै एक स्थान तल भारत चौथो स्थानमा छ । जबकि विश्व सूचीमा भारत नौ स्थान पछाडि छ । यहाँ चीन १० औं स्थानमा छ भने भारतको वरियतामा १९ औँ स्थानमा छ । यो सूचीमा जापान भारतभन्दा तल २० औं स्थानमा छ। गत वर्षको प्रतिवेदनमा भारत २० औं स्थानमा थियो । गत वर्ष पनि बैंगलोरको ग्लोबल रयाङ्क १० थियो जुन यस वर्ष आठौं स्थानमा छ ।

सांघाईसँग बेंगलुरुको टक्कर

स्टार्टअप–ब्लिङ्क इन्डेक्सका अनुसार गत वर्ष सांघाईको स्कोर बेंगलुरुको भन्दा ६६ प्रतिशत राम्रो थियो। तर, अब बेंगलुरुको राम्रो प्रदर्शनका कारण यो अन्तर १२ प्रतिशत भन्दा कममा आएको छ। फलस्वरूप, यो भन्न सकिन्छ कि बेंगलुरुले अब अर्को वर्ष सांघाईलाई उछिन्नेछ। एजुकेशन टेक स्टार्टअपहरूमा बेंगलुरु विश्वभर पाँचौं स्थानमा छ। यसबाहेक पुणे र हैदरावाद पहिलो पटक शीर्ष ११० मा परेका छन् । अर्को रिपोर्ट अनुसार, ग्लोबल स्टार्टअप इकोसिस्टम रिपोर्ट ( २०२२ बेंगलुरुको इकोसिस्टम मूल्य १०५ अर्ब डलर छ।

एक हजार शहरको र्‍याङकिङ

यो सूचकांक स्टार्टअप-ब्लिन्क द्वारा सन २०१७ देखि वार्षिक रूपमा जारी हुँदै आएको छ। यसले एक हजार शहर र सयौं देशहरूको स्टार्टअप इकोसिस्टमलाई स्थान दिन्छ। प्रतिवेदनले तीनवटा मापदण्डहरू, स्टार्टअपहरूको गुणस्तर, स्टार्टअपहरूको संख्या र व्यापार वातावरणलाई ध्यानमा राख्छ। प्रतिवेदनमा पद्धतिको व्याख्या गर्दै, प्रत्येक स्टार्टअप इकोसिस्टमको समग्र स्कोर मात्रा, गुणस्तर र व्यापार वातावरण मापन गर्ने तीनवटा सबस्कोरहरूको योगफल निकालिन्छ ।

[googleapps domain=”drive” dir=”file/d/1SbI3UD3Z7owxdWC83rEzmA6C_MK9xKzC/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL