Logo

अब टेलिकमका प्याकहरु नमस्ते पे बाटै, आकर्षक अफरहरु पनि पाईने

अब टेलिकमका प्याकहरु नमस्ते पे बाटै, आकर्षक अफरहरु पनि पाईने



काठमाडौं । अब नेपाल टेलिकमका प्रयोगकर्ताहरुले आफुलाई आवश्यक डाटा तथा भ्वाईस प्याकहरु नमस्ते पे वालेटबाटै खदिर गर्न सक्ने भएका छन् । प्रयोगकर्ताहरुले उक्त सुविधा लिनेगरी आजैदेखि सेवा प्रवाह गरिएको हो । नमस्ते पेमार्फत अब यस्ता प्याक खरिद गर्दा आकर्षक अफरहरु पनि उपलब्ध हुने बताईएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमद्वारा प्रवद्र्धित नमस्ते पे मोबाईलमा सिमकार्ड नभएपनि र नेटवर्क नभएपनि बैंकिङ सुविधा प्रदान गर्नसक्ने गरी निर्माण गरिएको छ ।

यस्तै नमस्ते पेमार्फत विभिन्न वस्तु तथा सेवा खरिद गरी क्युआर कोड स्क्यान गरेरै भुक्तानी गर्न सकिने व्यवस्थासमेत मिलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL