Logo

एससीटी र सेलपबीच सम्झौता, स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सन्चालन गर्ने

एससीटी र सेलपबीच सम्झौता, स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सन्चालन गर्ने



काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजी (एससीटी) र सेलकम प्रालिबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच दुई कम्पनीबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सन्चालनको लागी सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौतासँगै सेलपे प्रयोगकर्ताले सेलपे मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन भने सेलपे मार्फत बिभिन्न ब्यापार—ब्यबसाय मा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् । इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

स्मार्टच्वाईस टेक्नोलोजिजको कार्यलयमा आयोजित कार्यक्रममा स्माटच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेलपेका प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्रीबीच स्मार्ट क्यूआर सेवा सन्चालन सम्झौतामा हस्ताक्षर भएको होे ।

प्रतिक्रिया दिनुहोस्
MBL