Logo

अब आइफोन १३ रहेन ‘लेटेष्ट मोडल’ एप्पलले शुरु गर्यो ‘आइफोन १४’ को उत्पादन

अब आइफोन १३ रहेन ‘लेटेष्ट मोडल’ एप्पलले शुरु गर्यो ‘आइफोन १४’ को उत्पादन



नयाँ दिल्ली । विश्वकै लोकप्रिय स्मार्टफोन ब्राण्ड एप्पलले आईफोन १४ प्रो को ट्रायल उत्पादन सुरु गरेको छ । एक जानकारीका अनुसार कम्पनीले यो वर्षको अन्त्यसम्ममा यसलाई ठूलो मात्रामा रोलआउट गर्न पनि सक्नेछ ।

यो त्यो चरण हो जहाँ कम्पनीले मूलत आपूर्तिकर्ताहरूको क्षमतासँग सम्बन्धित सबै कुराको परीक्षण गर्दछ र त्यसपछि बजारमा लन्च गर्नुअघि ठूलो उत्पादन कहिले सुरु गर्ने भनेर निर्णय गर्दछ ।

परीक्षण उत्पादन सुरु भएसँगै एप्पलले आईफोन १४ प्रो को डिजाइनलाई अन्तिम रूप दिएको छ । तर, अहिले प्रयोगकर्ता वा कुनै पनि लिकस्टरले स्मार्टफोनको आधिकारिक डिजाइन पहुँच गर्न सक्षम हुने सम्भावना कम छ ।

डिजाइनमा परिवर्तन

आइफोन १४ मा १३ सिरिजको तुलनामा केही ठूला परिवर्तनहरू हुने अपेक्षा गरिएको छ । आइफोन १४ सिरिजमा सेल्फी क्यामेरा राख्ने पंच–होल कटआउट फिचर थप गर्ने सम्भावना छ । जानकारीअनुसार त्यहाँ अर्को पञ्च–होल कट आउट हुनुपर्छ जसले ट्रुडेप्थ क्यामेरा प्रणाली राख्न सक्छ र फेस आईडी राम्रोसँग काम गर्नको लागि महत्वपूर्ण छ । यस्तै क्यामेरा बम्पमा पनि केही परिवर्तनहरू हुन सक्ने बताइएको छ ।

आईफोन १४ श्रृंखला सेप्टेम्बर २०२२ मा लन्च हुने अपेक्षा गरिएको छ । रिपोर्टहरू अनुसार यसपटक आईफोन १४ मिनी बजारमा आउनेछैन् । आइफोन १४, आइफोन १४ म्याक्स, आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स यो सिरिजमा बजारमा ल्याउने एप्पलको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL