Logo

नेपाल टेलिकमको प्रजातन्त्र दिवश अफर : दिनभर कल निशुल्क, रिचार्जमा डाटा बोनस

नेपाल टेलिकमको प्रजातन्त्र दिवश अफर : दिनभर कल निशुल्क, रिचार्जमा डाटा बोनस



काठमाडौं । नेपाल टेलिकमले शनिबार दिनभर भ्वाइस ओभर एलटीई (भीओएलटीइ) सेवा निशुलक पाईने भएको छ । टेलिकमले फागुन ७ गते मनाईने ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवशका लागि भन्दै भीओएलटीइमा कल निःशुल्क प्रदान गर्ने र एमपोस बाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध हुने बताएको हो । उक्त अफर शनिबार एक दिनका लागि मात्रै उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टे सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ ।

साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने २ सय देखि ४ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ५ सय १२ एमबी डाटा र रु. ५ सय वा सोभन्दा माथिको रिचार्जमा १ हजार २४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL