Logo

एफटीटीएच नपुगेका ठाउँमा नमस्तेको फोरजी वाईफाई पाईने, नेपाल टेलिकम र साइबरनेटिक्सबीच सम्झौता

एफटीटीएच नपुगेका ठाउँमा नमस्तेको फोरजी वाईफाई पाईने, नेपाल टेलिकम र साइबरनेटिक्सबीच सम्झौता



काठमाडौं । नेपाल टेलिकमले अब फोरजी ‘एलटीई नमस्ते वाईफाई’ विस्तार गर्ने भएको छ । कम्पनीले फाईबर टु दी होम (एफटीटीएच) उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन उक्त वाईफाई विस्तार गर्ने भएको हो । कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता सम्पन्न भएको हो । बुधबार सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।

नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत प्याकेज र सरकारी निकायलाई उपलब्ध गराउने प्याकेज गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ । व्यक्तिगत प्याकेज अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक ६ सय रुपैयाँमा ६० जीबी ३० दिनका लागि उपलब्ध हुनेछ । यस्तै १ वर्षका लागि ९ हजार रुपैयाँमा ७ सय २० जीबी प्याक उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । यसलाई प्रतिमहिना ६० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ४ सय रुपैयाँमा १५ दिनका लागि ६० जीबी प्याक लिन सकिन्छ ।

होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत १ हजार २ सय रुपैयाँमा १ सय २० जीबी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि १३ हजार ५ सय रुप्ैइाँमा मा १ हजार ४ सय ४० जीबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १ सय २० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ६ सय रुप्ेइाँमा १५ दिनका लागि १ सय २० जीबी प्याक लिन सकिन्छ ।

यस्तै सरकारी संस्थाका लागि दिईने प्याकेजमा भने ३ हजार ६ सय ५० र २ हजार १ सय रुप्ैइाँमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL