Logo

नेपालको प्रविधि विकासमा सघाउने हुवावेको घोषणा, २० विद्यार्थीलाई बिशेष प्राविधिक ज्ञान प्रदान गर्ने

नेपालको प्रविधि विकासमा सघाउने हुवावेको घोषणा, २० विद्यार्थीलाई बिशेष प्राविधिक ज्ञान प्रदान गर्ने



काठमाडौं । हुवावे नेपालले २० नेपाली विद्यार्थीलाई अनलाइन कक्षामार्फत आइटीसम्बन्धी ज्ञान दिनेगरी ‘सिड्स फर द फ्युचर’ नामक कार्यक्रम सार्वजनिक गरेको छ । कम्पनीले नेपालको प्रविधि क्षेत्रमा केही योगदान पुर्याउने भन्दै नेपालभरबाट २० जना विद्यार्थी छनोट गरी फाईभ जी, क्लाउड कम्प्युटिङ, एआईलगायतका विषयमा अनलाईनमार्फत ज्ञान दिने भएको हो ।

यसको छनोटका लागि आईटी क्षेत्रकै बिषयमा १२ कक्षासम्म पढेको हुनुपर्ने बताईएको छ । उक्त कोर्ष लिनका लागि आवेदकले कम्पनीले सुरु गरेको वेबसाईटमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिएका मध्ये २० विद्यार्थिहरुले फाईभजी, आर्टिफिसियल इन्टेलीजेन्स, क्लाउड कम्प्युटिङलगायतका बिषयमा इन्ट्री लेभलको एडभान्स कोर्स लिन पाउनेछन् । यस्तै उक्त २० विद्यार्थीहरुले भर्चुअल टुर्समार्फत तिव्र विकास भईरहेका चिनियाँ कम्पनीहरुसँगै परम्परागत र आधुनीक चीनको भ्रमण गर्न पाउनेछन् ।

साथै हुवावेका विज्ञ, उद्यमी, बैज्ञानिकलगायतसँग विभिन्न बिषयमा बहससमेत गर्न पाउनेछन् । यसका साथै उक्त कार्यक्रममा छनोट भएका विद्यार्थीहरुले सिप विकास, कार्यक्षमता विस्तार, सामाजिक उद्यमसिलतालगायतका विषयमा गहन अध्ययन गर्न पाउने कम्पनीले जानकारी दिएको छ ।

यस्तै कम्पनीको लिंक्ड इनको अलुम्नाइ कम्युनीटीमा जोइन भई बर्षभरी विभिन्न प्रकारका प्रविधिसम्मबन्धी क्रियाकलापमा भाग लिन समेत सकिन कम्पनीले जानकारी दिएको छ ।

हाल कोरोनाका कारण चीनमै जान नसकिएपनि छनोट भएका विद्यार्थीहरुले नेपालस्थित हुवावेको कार्यालय भ्रमण गर्न, उद्योग विज्ञसँग क्लास लिन र हुवावेको बेस स्टेशनमा एक रात विताउनसमेत पाउनेछन् ।

यसका लागि विद्यार्थीले प्लस टुमा कम्तिमा ३ जिपिए ल्याई पास गरेको, अंग्रेजी भाषामा राम्रो भएको, टेलिकम, प्रविधिलगायतका विषयमा बलियो इच्छा भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

यसका लागि आवेदन दिन कम्पनीले seedsnepal.com नामक वेबसाईट निर्माण गरेको छ । यसमार्फत नेपालभरका आवेदकले आवेदन दिन सक्नेछन् । यसका लागि ट्रान्स्क्रीप्ट, ६ सय शब्दजतिको मोटिभेसन पत्रलगायत सामेल गर्नुपर्ने बताईएको छ । त्यसपछि विभिन्न नेपाली विश्वविद्यालयका आइटी प्रध्यापकहरुले उक्त २० जना छनोट गर्नेछन् । यसका लागि आगामी कार्तिक २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL