Logo

अब ब्लुबुक नविकरण अनलाईनबाटै, सवारी कर तथा जरिवाना पनि तिर्न सकिने

अब ब्लुबुक नविकरण अनलाईनबाटै, सवारी कर तथा जरिवाना पनि तिर्न सकिने



काठमाडौं । सरकारले सवारीसाधनको ब्लुबुक अनलाईनमार्फत नविकरण गर्न सकिने व्यवस्था सुरु गरेको छ । बागमती प्रदेश सरकारले आजैदेखि लागु हुनेगरी ब्लुबुक नविकरणसँगै सवारी कर,जरिवाना लगाएत सबै प्रकारका भुक्तानी अनलाइन मार्फत नै गर्न सकिने व्यवस्थाको सुरुवात गरेको हो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त सेवाको सुरुवात बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका छन् । यो सेवा भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने बताइएको छ ।

अनलाइन नविकरण तथा भुत्तानी सोवको लागी बागमती प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार गरेको छ । सो प्रणालीमा गएपछि सवारीधनी लगइन पोर्टल देखिन्छ । त्यसको तलपट्टी नयाँ दर्ता लेखिएको ठाउँमा क्लिक गर्नुपर्ने हुन्छ ।

अब बागमति प्रदेश भित्रका यातायात सेवा सुविधा अनलाइन मार्फत नै उपलब्ध हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL