Logo

विश्वकै धनी व्यक्ति जेफ बेजोस आज अन्तरिक्ष उडानमा जाँदै, बनाउनेछन यस्तो कीर्तिमान

विश्वकै धनी व्यक्ति जेफ बेजोस आज अन्तरिक्ष उडानमा जाँदै, बनाउनेछन यस्तो कीर्तिमान



काठमाडौं । विश्वकै धनि जेफ बेजोस आज अन्तरिक्ष यात्रामा जादै छन् । आफ्नै स्पेस कम्पनि ब्लू ओरिजिनले बनाएको अन्तरिक्ष रकेटमा बेजोससहित चार जना जान लागेका हुन् ।

बेजोससँगै उनका भाई मार्क बेजोस, ८२ बर्षिय पाइलट वाली फन्क र नेदरल्याण्डसका १८ बर्षिय युवा ओलिभर डाएम्यान जाने भएको स्पेन कम्पनि ब्लू ओरिजिनले जानकारी दिएको हो । उनीहरु नेपाली समय अनुसार आज साँझ ७ बजे अमेरिकाको टेक्सासस्थित भान हर्न नजिकको निजी लन्च साइटबाट अन्तरिक्षको उडान भर्ने छन् । १८ बर्षिय युवा ओलिभरलाई अनलाइन अक्सनबाट छानिएको हो ।   

यस अघि अनलाइन अक्सनबाट एक अज्ञात व्यक्तिले २.८ मिलियन अमेरिकी डलर रकम तिर्न तयार भएको भनिए पनि पहिलो उडानमा ति अज्ञात व्यक्ति नजाने भएपछि ओलिभरलाई अवसर दिइएको ब्लू ओरिजिनले जनाएको छ ।

पहिलो चरणको अनलाइन अक्सनबाट छानिएका व्यक्ति नजाने भएपछि दोस्रो चरणमा रहेका ओलिभरलाई मौका दिएको बताइएको छ । ओलिभरले यसका लागि कति पैसा तिरे भन्ने खुलाइएको छैन तर उनका लागि उनका पिताले लगानी गरेको बताइएको छ । उनको नेदरल्यान्ड्समा लगानी गर्ने कम्पनि रहेको उल्लेख गरिएको छ ।  यो सबै योजना अनुसार भएमा बेजोस स्पेस यात्रामा जाने अहिलेसम्मका सबै भन्दा धनि व्यक्ति हुने छन् ।

बेजोसले यात्रा गर्ने ब्लू ओरिजिनको रकेटमा ६ सिटको क्याप्सुल र ५९ फिटको रकेट स्पेस यात्रामा जाने बताइएको छ । यो करिब १० मिनेटको यात्रा हुने बताइएको छ भने पृथ्वीको सतहभन्दा सय किलोमिटर माथिसम्म पुग्ने र प्यारासुटको मद्दतमा पृथ्वीमा फर्किने बताइएको छ ।

ब्लू ओरिजिनको पछिल्लो ६ बर्षको परिक्षणबाट तयार गरिएको न्यू शेफर्ड क्याप्सुललाई पहिलो यात्रुबाहक स्पेस क्याप्सुल भनिएको छ । ब्लू ओरिजिनले यो यात्रा नियमित रुपमा गर्ने बताउदै हरेक महिनाको  लिलाम बढाबढबाट एक सिट दिने घोषणा गरेको छ । 

५७ बर्षिय बेजोसले भनेका छन्- ;मैले ५ बर्षको हुदादेखि नै स्पेस यात्राको सपना देखेको थिए । आगामी जुलाई २० मा मैले यो यात्रा मेरो भाईसँग गर्दै छु । मेरो बेस्ट फ्रेन्डसँग यो साहसिक यात्रा हुने छ ।’

बेजोसले ब्लू ओरिजिन सन २००० मा स्थापना गरेका हुन् । बेजोस मात्र होइन अर्का बिलिनियर्स एलन मस्कले पनि आफ्नै स्पेस कम्पनि स्पेस एक्सको रकेटमा स्पेस यात्रामा जाने घोषणा गरेका छन् ।

यस अघि गत असर २७ गते बेलायतका अर्बपति सर रिचर्ड ब्रानसन अन्तरिक्षको सफल यात्रा गरेर फर्किएका छन् । आफ्नो स्पेस कम्पनि भर्जिन गालाक्टिकले बनाएको स्पेस विमानमा ब्रानसनले करिब सवा घण्टाको स्पेस यात्रा गरेर सकुशल पृथ्वीमा फर्किएका हुन् ।

ब्रानसनले आफ्नो अन्तरिक्ष यात्राको लागि न्यू मेक्सिकोको दक्षिणी रेगिस्तानबाट अन्तरिक्ष उडान भरेका थिए । नेपाली समय अनुसार ब्रानसन आइतबार  राति सवा ८ बजे अन्तरिक्ष तर्फ उडेका थिए भने ९ बजेर २७ मिनेटमा पृथ्वीमा फर्किएका थिए ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL