Logo

बुधबार बिहान किन एकाएक टेलिकमको नेटवर्कमा समस्या आयो ?, यस्तो छ कारण

बुधबार बिहान किन एकाएक टेलिकमको नेटवर्कमा समस्या आयो ?, यस्तो छ कारण



काठमाडौं । नेपाल टेलिकमको जीएसएम मोबाइल सिस्टममा बुधबार बिहान ६ बजेदेखि अप्रत्याशित समस्या आयो । ६ बजेदेखि आएको उक्त समस्याका कारण देशभर नेपाल टेलिकमको सेवामा अवरोध पुग्यो । तर टेलिकमले सेवा अवरोध भएको जानकारी पाउनसाथ सवा ८ बजे सेवा पुनः सुचारु गर्याे । सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करीब २ घण्टामै सेवा सुचारु गर्न सकिएको टेलिकमले जानकारी दिएको छ ।

कम्पनीका अनुसार सो अवधिमा जिएसएम मोबाइलको टुजी, थ्रिजी, र फोरजी प्रविधिको डाटा सेवा, हालै सञ्चालनमा ल्याएको भ्वाईस ओभर एलटीई र जिएसएममोबाइलका केही फिचर साना फोनमा भने समस्या नदेखिएको टेलिकमले जानकराी दिएको छ । यस अवधिमा मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको टेलिकमले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL