Logo

प्राधिकरणले अनधिकृति भनेको सेवालाई एनसलले भन्यो विकल्परहित, तत्काल कारवाही नटेर्ने संकेत

प्राधिकरणले अनधिकृति भनेको सेवालाई एनसलले भन्यो विकल्परहित, तत्काल कारवाही नटेर्ने संकेत


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । एनसेलले गैर कानुनी रुपमा संचालन गर्दै आएको ‘अप्टिकल फाईबर’को शीप कनेक्टीभीटी सर्भिसलाई पनि कानुन सम्वत भएको भन्दै दावी गरेको छ । नियमक निकाय नेपाल दूरसंचार प्रधिकरणले कारवाही सहितको चिठी पठाएको भोलीपल्ट विज्ञप्ती निकाल्दै यस्तो धारण सार्वजनिक गरेको हो । उक्त सेवाको विकल्प अरु नभएको समेत एनसेलले जानकारी दिएको छ ।

‘आफ्ना कर्पोरेट ग्राहकलाई उनीहरुको व्यावसायिक प्रयोजनका लागि सिम, जसले एसआईपि सेवा संचालन गर्न पनि सकिन्छ र वितरण गर्नु एनसेलको लाईसेन्सको क्षेत्राधिकार भित्र पर्छ,’ एनसलद्वारा विज्ञप्तीमा उल्लेख छ, ‘यस सम्बन्धमा नियामक निकायको फरक धारणा आएको छ  ।’ साथै, प्राधिकरणको निर्णय मान्नुको सट्टा एनसेलले सो विषयको गहन अध्ययन गरी आगामी कदम चाल्ने चेतावनी दिएको छ ।

एसआईपि सेवा हाल नेपालमा विशेष गरि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुका लागि महत्वपूर्ण मानिएको विज्ञप्तीमा उल्लेख छ । हाल संचालनमा रहेको सेवा बन्द गर्दा कम्पनीहरुको कस्टमर केयर सर्भिसमा नराम्रो असर पर्ने देखिन्छ र तत्काल नेपालमा उक्त  सेवाको अन्य विकल्प समेत नभएको एनसेलले जानकारी दिएको छ ।

नविन प्रविधि अङ्गाल्दै आफ्ना ग्राहकलाई राम्रो तथा उन्नत सेवा प्रदान गर्न तत्पर भईरहँदा नियामक निकायबाट कारबाहीको व्यहोरा आउनुले हामी आश्चार्यचकित भएका एनसेलले दावी छ । मुलुकलाई प्रविधिको क्षेत्रमा अघि बढाउन विश्वव्यापी रुपमा प्रयोगमा रहेको एसआईपि कनेक्टिभिटी र टेक्नोलोजी न्युट्रालिटी जस्ता नयाँ प्रविधिको अंगिकार गर्न समेत सुझान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL