Logo

इसिमोडले सार्वजनिक गर्यो मोवाइल एप, कुहिरोबारे जानकारी लिन सकिने

इसिमोडले सार्वजनिक गर्यो मोवाइल एप, कुहिरोबारे जानकारी लिन सकिने


रक्षा रेग्मी
27
Shares

काठमाडौं । इण्टरनेशनल सेन्टर फर इन्टिग्रेटेडमाउन्टेन डेभलपमेन्ट –इमसीमोडले मोवाइल एप्लिकेशन सार्वजनिक गरेको छ । इसिमोडले कुहिरोको उपस्तिथी तथा तिव्रता पहिल्याउने एप सार्वजनिक गरेको हो ।

यसले साउथ एसियाकाको कुनै पनि स्थानको कुहिरोको अवस्थाबारे जानकारी लिन मद्दत गर्छ । फग वाच नामक सो एप वैज्ञानिकका लागि नभइ सामान्य जनतालाई लक्षित गर्दै सार्वजनिक गरिएको यसिमोडले जानकारी दिएको छ । इसिमोडले सो एप डाउनलोड गरेर आफ्नो वरपरको कुहिरोको उपस्थिती तथा तिव्रता थाहा पाउन अनुरोध गरेको छ ।

हाल बैज्ञानिकहरुले जाडोका कुहिरोको उस्थिती तथा त्यसको पभाववारे अनुशन्धान गरिरहेका छन् । तर जाडोमा शितलहर लम्विनुका कारण भने हालसम्म पत्ता लागेको छैन । शितलहर४० दिनसम्म लम्विने कारण थाहा पाउन नसकिएको हो ।

विभिन्न स्थनबाट विभन्न मानिसहरुले कुहिरोको बारेमा जानकारी लिदाँ लामो समयसम्म रहने हुस्सुको बारेमा बुझ्न सजिलो हुने इसिमोडको अनुमान छ । इसिमोडले सो एपबाट कुहिरोबारे अध्ययन गरि नागरिक बैज्ञानिक बन्न अनुरोध गरेको हो । साथै नागरिक वैज्ञानिकलाई डिसेम्वर देखि आगामी फेवअरीसम्म कुहिरोको बारेमा जानकारी लिन समेत अनुरोध गरेको छ ।

पाकिस्तान, उत्तर इण्डिया तथा नेपालको समथर भु भाग समेट्ने गरी १५ सय किलो मिटर यस्तो हुस्सु लाग्ने गरेको छ । यसले तापक्रम हटाउने, तथा भिजिीविलीटीका साथै कृषि उत्पादनमा समेत नकारात्मक प्रभाव पार्ने गरेको छ ।

एण्ड्रोइड फोनका प्रयोगकर्ताले यो एप डाउनलोड गर्न सक्नेछन् । सो एप गुगल प्ले स्टोर वा इसिमोडको वेवसायटमा गएर डाउनलोड गर्न सकिन्छ । इसिमोडले नागरिक बैज्ञानिकलाई सहि तथा नियमित सूचना दिएमा सर्टिफिकेट समेत उपलब्ध गराउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL