Logo

५ डलरको कम्प्युटर सार्वजनिक, आकार ३ दशमलव ५ सेन्टिमिटर

५ डलरको कम्प्युटर सार्वजनिक, आकार ३ दशमलव ५ सेन्टिमिटर


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बेलायती सिंगल बोर्ड कम्प्युटर निर्माता कम्पनी रास्प्बेरी पी फाउण्डेशनले ५ डलरको कम्प्युटर सार्वजनिक गरेको छ । सो कम्प्युटर मात्र ६ दशमलव ५ सेन्टिमिटरको छ ।

उक्त कम्प्युटर कम्पनीले आफ्नो मंथली म्यागाजिनसँग फ्रिमा दिनेछ । कम्पनीले यो कम्प्युटरको नाम पि जिरो राखेको छ ।

यो कम्प्युटर लिनक्स प्लेटफर्ममा बनेको रास्प्बियन अपरेटिङ सिस्टम चलेको थियो । १ गिगाहर्ज कम्प्युटरमा ५१२ एमबी र स्टयान्डर्ड युएसबी पोर्ट रहेको छ । साथै यसले माइक्रो एसडी कार्ड पनि सपोर्ट गछ । यसबाट यसको मेमोरी बढाउन सकिन्छ ।

यो डिभाइसमा एचडिएमआई पोर्ट पनि रहेको छ, जसले १०८० पिक्सेलको रिजोलुशन स्क्रिन भएको मोनिटर सपोर्ट गर्छ । अहिले पि जिरो भने अमेरिका र बेलायतका केही स्थानबाट बिक्री गरिँदैछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL