Logo

एनसेलले ल्यायो ‘कतारबाट कल आया पैसा पायो’ योजना, कल रिसिभ गर्दा बोनस पाइने

एनसेलले ल्यायो ‘कतारबाट कल आया पैसा पायो’ योजना, कल रिसिभ गर्दा बोनस पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि थप आकर्षक बोनसका साथ ‘कतारबाट कल आयो पैसा पायो नामक अफर’ ल्याएको छ । जस अन्तर्गत एनसेलका ग्रहकले अब कतारबाट आएको हरेक अन्तर्र्रािष्ट्रय आगमन कलमा कुरा गर्दा बोनस पाउनेछन् ।

योजना यहि मंंंसिर ८ गतेबाट देशव्यापी रुपमा लागु भएको छ । योजनामा एनसेलका हरेक ग्राहकले अब कतारबाट आएको कल लिई कुरा गर्दा पहिलो ५ मिनेट सम्म हरेक मिनेट रु. १ को दरले प्रत्येक मिनेट बोनस पाउनेछन् ।

त्यस्तै छैठौं मिनेट देखि दशौंसम्म हरेक मिनेट रु ५ को दरले बोनस पाउनेछन् । यसरी कतारबाट आगमन कलमा कुरा गर्दा एक पटकमा अधिकतम १० मिनेटसम्म बोनस प्राप्त हुनेछ र ग्राहकले एक पटकमा अधिकतम रु. ३० सम्म बोनस प्राप्त गर्नेछन् ।

यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न एसएमएस, एमएमएस पठाउन तथा इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजनामा निःशुल्क सुचारु गरी सहभागी हुन सक्ने एनसेलले जानकारी दिएको छ ।
योजनाले कतारमा रहेका आफन्तले गर्ने हरेक कलमा आकर्षक बोनस पनि प्राप्त हुने हँुदा यसले घरमा रहेका सदस्यहरुलाई विशेष लाभ प्रदान गर्ने एनसेलका कर्पोरेट संवाद विद मिलन शर्माले बताए ।

योजना तीन महिना सम्म लागु हुनेछ । एनसेल कनेक्ट प्रयोगकर्ता बाहेक एनसेलका सबै ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL