Logo

टेलिकमले सिम परिवर्तन शुल्कमा ५० प्रतिशत घटायो, ५० रुपैयाँको टक भ्यालु समेत हुने

टेलिकमले सिम परिवर्तन शुल्कमा ५० प्रतिशत घटायो, ५० रुपैयाँको टक भ्यालु समेत हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । टेलिकमले सिकमाकार्ड परिवर्तन गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत घटाएको छ । टेलिकमले जीएसएम र सीडीएमए मोवाइलको हराएको वा विग्रीएको सिमकार्ड परिवर्तन गर्दा लाग्ने शुल्क घटाएको हो ।

हाल उक्त सिमकार्ड परिवर्तन गर्दा १ सय रुपैयाँ लाग्दै आएकोमा भोलीदेखि ५० रुपैयाँमात्र लाग्ने टेलिकमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी रिचार्ज नगरी अवधि सकिएर वा फ्रोजन स्टेजमा गएका सीम तथा रिमकार्ड पुन एक्टिभ गर्दा लाग्ने शुल्कमा पनि ५० प्रतिशतभन्दा बढी घटाएको छ । हाल सो कार्यका लागि २ सय रुपैयाँ लाग्दै आएकोमा विहीबारदेखि ९० रुपैयाँ मात्र लाग्ने छ । साथै, उक्त सीम तथा रिम कार्डमा ५० रुपैयाँ बरावरको टक भ्यालु हुने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL