Logo

विश्वको सबैभन्दा ठूलो आर्थिक शक्ति अमेरिकाको नेतृत्व आजबाट बाइडेनका हातमा, आज ह्वाइट हाउस प्रवेश गर्दैै

विश्वको सबैभन्दा ठूलो आर्थिक शक्ति अमेरिकाको नेतृत्व आजबाट बाइडेनका हातमा, आज ह्वाइट हाउस प्रवेश गर्दैै



काठमाडौं । राष्ट्रपति निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस दुवै जना राजनीतिक परेडजस्तो देखिने सत्तारोहण समारोहमा शपथग्रहण गरेर मात्र ह्वाइट हाउस प्रवेश गर्दैैछन् ।

अमेरिकामा नयाँ राष्ट्रपतिलाई औपचारिक रूपमा पदभार ग्रहण गराउने प्रक्रिया र समारोहलाई इनोग्यूरेशन भनिन्छ । उक्त समारोह राजधानी यो वाशिङ्टन डीसीमा आयोजना हुन्छ । त्यसमा राष्ट्रपति निर्वाचितले पदको शपथको बेहोरा वाचन गर्छन् ।

संविधानको रक्षा गर्ने प्रतिबद्धता समेटिएको शपथ लिएपछि जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नेछन् । सत्तारोहण समारोह त्यतिमै समापन हुने भए पनि केही समय त्यहाँ अरू कार्यक्रमहरू पनि हुनेछन् । कमला ह्यारिस पनि शपथ लिनेबित्तिकै उपराष्ट्रपति बन्नेछिन् । साधारणतया राष्ट्रपतिभन्दा पहिला उपराष्ट्रपतिले शपथ लिने चलन छ ।

कानुनअनुसार ज्यानुअरी २० को दिन नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्छन् । प्रारम्भिक मन्तव्य ईसटीअनुसार बिहान ११:३० बजे आरम्भ हुन्छ । जो बाइडन र कमला ह्यारिसको सपथग्रहण मध्यदिनमा हुनेछ । बाइडन त्यही दिन अलि पछि ह्वाइट हाउसमा प्रवेश गर्नेछन् र त्यो उनको आगामी चार वर्षका लागि निवास हुनेछ ।

सत्तारोहण समारोहणमा विस्तृत सुरक्षा योजना बनाइएको हुन्छ । तर ज्यानुअरी ६ मा राष्ट्रपति ट्रम्प समर्थकहरूको भिडले अमेरिकी संसद्‌मा आक्रमण गरेपछि थप सुरक्षा व्यवस्था मिलाइएको छ । आज वाशिङ्टन डीसीको अधिकांश क्षेत्र बन्द छ ।

अमेरिकी गुप्तचर निकायले सुरक्षा योजनाको नेतृत्व लिएको छ र हजारौँ प्रहरीहरूलाई सहयोग गर्न न्याश्नल गार्डका झन्डै १५ हजार सुरक्षाकर्मी खटाइएको छ । –बीबीसी

प्रतिक्रिया दिनुहोस्
MBL