Logo

चीनमा हावा र पानीको गुणस्तरमा सुधार, कोरोनाका कारण उद्योगहरु बन्द हुँदा देखियो प्रभाव

चीनमा हावा र पानीको गुणस्तरमा सुधार, कोरोनाका कारण उद्योगहरु बन्द हुँदा देखियो प्रभाव



काठमाडौं । गत वर्ष चीनको हावा र पानीको गुणस्तरमा सुधार आएको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण यस्तो सुधार देखिएको हो ।

कोरोना सम्बन्धित शटडाउनका साथसाथै कडा औद्योगिक नियन्त्रणबाट वायुको गुणस्तर सुधारमा महत्वपूर्ण फाइदा पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

चीनका विभिन्न ३३७ शहरमा गरिएको एक अध्ययन अनुसार फोक्सोलाई क्षति पुर्याउने साना कणहरू अर्थात पिएम २.५ एक वर्षमा औसत ८.३ प्रतिशतबाट घटेर ३३ प्रति घन मिटर माइक्रोग्राम पुगेको इकोलोजी तथा वातावरण मन्त्रालय भनिन्छ ।

बेइजिङ, टियानजिन सहर र हुबेइ प्रान्तको घेरामा रहेको धुँवा क्षेत्रको औसत पीएम २.५ को स्तर १०.५ प्रतिशतले घटेर ५१ माइक्रोग्राम प्रति घन मिटरमा रहेको छ, जुन अझ ३५ माइक्रोग्रामको राष्ट्रिय मापदण्डभन्दा माथि छ ।

विश्व स्वास्थ्य संगठनले १० माईक्रोग्राम भन्दा बढीको वार्षिक औसत एकाग्रता सिफारिश गरेको छ । हेनान प्रान्तमा प्रमुख इस्पात र कोइला उत्पादन गर्ने क्षेत्र अनयांग लगातार दोस्रो वर्ष चीनको सबैभन्दा खराब प्रदर्शन गर्ने शहर थियो । हाइकन, टापु प्रान्त हेनानको राजधानी समग्रमा उत्कृष्ट रहेको थियो ।

धुवाँ विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् कि इस्पात र सिमेन्टको उत्पादनमा बृद्धि भएपछि चीनका केही उत्तरी शहरहरुमा प्रदूषणको दर कम राख्ने लक्ष्यमा कमी आउने खतरा छ । डिसेम्बरको तथ्यांक अनुसार उत्पादन वृद्धि भए पनि औसत पीएम २.५ को घट्दो दर ३.६ प्रतिशत ५३ माइक्रोग्राम पुगेको छ । बेइजिङ–टियानजिन–हुबेइ, क्षेत्रमा पनि निश्चित लक्ष्य घटेको छ र ६.२ प्रतिशतले गिरावट ७६ माइक्रोग्राम रहेको छ र यी क्षेत्रलाई लगातारको बहदो हावाको मौसमबाट फाइदा भएको छ ।

गत वर्ष चीनमा पानीको गुणस्तरमा पनि सुधार आएको थियो । देशभरि करिब २,००० साइटहरूबाट लिएका पानीको नमूनाहरू मध्ये ८५ प्रतिशत नमूनाहरु मानवीय प्रयोगको मापदण्डहरू पूरा गरेका थिए । जुन २०१९ को भन्दा ७ प्रतिशतले बढी हो । रोयर्टसबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL