Logo

विकास निर्माणको काम अघि बढाउन सरकारलाई सकश : ६ महिनाको पूँजीगत खर्च १४ प्रतिशतमा सिमित रहँदा लक्ष्य अनुरुप उठेन राजस्व

विकास निर्माणको काम अघि बढाउन सरकारलाई सकश : ६ महिनाको पूँजीगत खर्च १४ प्रतिशतमा सिमित रहँदा लक्ष्य अनुरुप उठेन राजस्व



काठमाडौं । पछिल्लो समय राजनीतिक संक्रमणमा फसेको सरकारलाई पूँजीगत विकास निर्माणका काम अघि बढाउन कठिन भएको छ । सरकारले चालू आर्थिक बर्षमा विकास निर्माणका लागि (पूँजी गत खर्च)३ खर्ब ५२ अर्ब ९१ कारोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएपनि सोही अनुरुप ६ महिना वितिसक्दा पनि यस्तो खर्च भने ज्यादै न्यून रहेको छ ।

laxmi

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सो अबधिमा पूँजीगत खर्च परिचालन जम्मा १४ दशमलव ४० प्रतिशत मात्रै रहेको छ । पूँजीगत खर्च परिचालनमा चुक्दै गएको सरकारले चालू आबको ६ महिनामा ५० अर्ब ५० करोड रुपैयाँ मात्रै खर्च गर्न सफल भएको छ ।

यसैगरी सो अबधिमा सरकारको राजस्व परिचालन पनि लक्ष्य अनुरुप उठ्न सकेको छैन । सरकारले पुस मसान्तको टार्गेट अर्थात ६ महिना सकिँदा कुल लक्ष्यको ४१ दशमलव ७४ प्रतिशत मात्रै राजस्व उठाउन सफल भएको छ ।

चालू आबमा सरकारले कर, गैरकर, अनुदान र अन्य शिर्षकमा गरी कुल १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर सो अबधिमा चारओटै शिर्षकमा गरी जम्मा ४ खर्ब २२ अर्ब २५ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

यसैगरी चालू आबका कर राजस्व ९ खर्ब १२ अर्ब ९४ करोड रुपैयाँ उठाउने लक्ष्य लिएकोमा ३ खर्ब ८६ अर्ब ५६ करोड रुपैयाँ मात्रै संकलन गरेको छ । जुन कुल लक्ष्यको ४२ दशमलव ३४ प्रतिशत मात्रै हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL