Logo

सरकारलाई लगातार बढी कर तिर्नेको सूचीमा सूर्य नेपालकै निरन्तरता, विप्रेषणतर्फ आईएमईको वर्चश्व

सरकारलाई लगातार बढी कर तिर्नेको सूचीमा सूर्य नेपालकै निरन्तरता, विप्रेषणतर्फ आईएमईको वर्चश्व



काठमाडौं । सरकारलाई बढी आयकर तिर्नेको सूचीमा सूर्य नेपालको निरन्तरता कायमै रहेको छ । सरकारले विभिन्न १५ विधामा सबैभन्दा बढि कर तिर्ने करदातालाई सम्मान गरेको छ । जसमध्ये आर्थिक बर्ष २०७६/०७७ मा सबैभन्दा बढी आयकर तिर्ने सूर्य नेपाललाई सरकारले कर दिवशको अवसरमा सम्मान गरेको हो ।

आन्तरिक राजस्व विभागले नऔं राष्ट्रिय कर दिवसको अवसमा संस्थागत तथा व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो । यस अिघ सरकारले मंसिर १ गते राष्ट्रिय कर दिवशको अवसमार विशेष कार्यक्रम गरी क्षेत्रगत रुपमा बढी कर तिर्ने व्यक्ति तथा कम्पनीलाई सम्मान गर्दै आएपनि यस पटक कोरोना महामारीका कारण विभागले एक कार्यक्रमकाबीच सम्मानित हुनेको सूचीमात्रै प्रकाशित गरेको छ ।

यसैगरी आर्थिक बर्ष २०७६/७७ निर्यातकर्तामध्ये सबैभन्दा बढि आयकर तिर्नेमा डाबर नेपाललाई सम्मान गरेको छ भने सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगमा हिमाल पावर परेको छ ।
विभागले कर दिवसको अबसरमा कृषि तथा पशुपक्षी उद्योगतर्फ अन्नपूर्ण एग्रो, सहकारीमा छिमेकी लघुबित्त सहकारी सस्था, बैंक तथा वित्तीय संस्थामा नबिल बैंक र बीमा व्यवसायतर्फ सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल रिइन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको छ ।

यसैगरी विप्रेषण सेवातर्फ सबैभन्दा बढी आयकर तिर्नेमा आईएमई लिमिटेडलाई सम्मान गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संचालन गर्दै आएको सो कम्पनी लामो समयदेखि बढी विप्रेण कारोबार गरी आयकर तिर्ने कम्पनीतर्फ विभागबाट सम्मानित हुँदै आएको छ ।

यसैगरी स्वास्थ्य तथा शिक्षा क्षेमा सबैभन्दा बढि आयकर तिर्नेमा मणिपाल मेडिकल कलेजलाई सम्मान गरिएको छ भने व्यापार व्यवसायमा मोटर विक्रेता कम्पनी अग्नी इन्कर्पोरेट रहेको छ ।

गत आबमा पर्यटन व्यवसायमा सबैभन्दा बढि आयकर तिर्ने तारागाउँ रिजेन्सीलाई सम्मान गरिएको छ भने मध्यमस्तरीय आयकरमा कामना सेवा बिकास बैंक सम्मानि भएको छ । आन्तरिक राजस्व कार्यक्षेत्र भित्रमा भिएस मौरिसस रहेको छ भने मूल्य अभिवृद्धि कर (भ्याट)मा यस बर्षपनि घोराही सिमेन्ट रहेको छ ।

यस बर्ष पनि व्यक्तिगततर्फ सबैभन्दा बढी आयाकर तिर्नेमा जाउलाखेल ग्रूप अफ कम्पनिजका अध्यक्ष विजयकुमार शाहलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL