Logo

चीनको अर्थतन्त्र अमेरिकाभन्दा अघि गइसक्यो, तर संचारमाध्यमहरु किन मौन छन् ?

चीनको अर्थतन्त्र अमेरिकाभन्दा अघि गइसक्यो, तर संचारमाध्यमहरु किन मौन छन् ?



काठमाडौं । विश्व कोरोना महामारीको चपेटाबाट बाहिर आउने कोशिस गरिरहेको अवस्थामा चीन भने विश्वकै ठूलो अर्थतन्त्रको रुपमा अगाडि आउँदैछ । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले हालै जारी गरेको ‘वर्ल्ड इकोनोमीक आउटलुक २०२०’ मा चीनको अर्थतन्त्रले अमेरिकाको अर्थतन्त्रलाई जित्न लागेको उल्लेख छ ।

आईएमएफले क्रय शक्ति समानत (पीपीपी)का आधारमा अमेरिकाको अर्थतन्त्र २० दशमलव ८ ट्रिलियनसँगको तुलनामा चीनको अर्थतन्त्र २४ दशमलव २ ट्रिलियन डलर पुगेको बताएको हो ।

आईएमएफले क्यालकुलेसन गर्नका लागि उपयोग गरेको पीपीपी विधिले हामीले आफुसँग भएको पैसाले विभिन्न देशमा कति परिमाणमा सामान खरिद गर्न सक्दछौं भनेर तुलना गरिन्छ । तर, अर्थशास्त्रीहरुले यसअघि मार्केट एक्सजेन्च रेट (एमईआर) लाई जीडीपीसँग तुलना गरेर वास्तविक फिगर निकाल्ने गरेका थिए ।

एमईआर पद्धतिमा धेरैजसो देशहरुको मुद्राको क्रयशक्तिलाई कम भ्यालुमा गणना गरी गरिने हुनाले संकास्पद तरिकाले हेर्ने गरिन्छ । जसको फलस्वरुप धेरै देशको मुद्राको मूल्य डलरको तुलनामा कम छ ।

पीपीपी मोडलअनुसार भने चीनको अर्थतन्त्र अमेरिकाको तुलनामा अघि बढेको हो । चीनले आफ्नो मुद्राले विभिन्न देशहरुमा विभिन्न वस्तुहरु धेरैभन्दा धेरै किन्न सक्ने क्षमता राख्ने हुनाले तथ्यांकमा यस्तो देखिएको आईएमएफको प्रतिवेदनमा उल्लेख छ ।

आईएमएफपछि सेन्ट्रल ईन्टेलिजेन्स एजेन्सी (सीआइए)ले पनि आफ्नो फ्याक्टबुकको बार्षिक आँकडालाई तुलना गर्नका लागि एमईआरको सट्टा पीपीपी मोडललाई फलो गर्ने बताएको छ । –यूरेसियनटाइम्सबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL