Logo

अब फैलिने नयाँ महामारीको रुप कस्तो हुनेछ ?, कसरी बच्ने ?

अब फैलिने नयाँ महामारीको रुप कस्तो हुनेछ ?, कसरी बच्ने ?



काठमाडौं । पछिल्लो समय ईबोला, जिका तथा हालै फैलिएको कोरोनाजस्ता विभिन्न खतरनाक भाईरसहरु विभिन्न जनावरहरुबाट मानिसमा सर्ने प्रक्रिया बढ्दो छ । विश्वमा चमेराकै कारण फैलिएको सार्स (कोभिड-२) जस्तै कोभिड-१९ पनि चमेराबाटै फैलिएको हो ।

हामीलाई परापूर्वकालदेखि नै जनावरहरुबाट मानिसमा विभिन्न भाईरसहरु सर्ने अवगतै छ र आगामी दिनमा पनि यसले निरन्तरता पाउनेछ । तर यो कुन तहमा र कुन क्षेत्रमा बढीभन्दा बढी यसको प्रभाव पर्छ भन्ने कुरा भने स्पष्ट हुन सकेको छैन । जसका कारण भाईरसको उद्गमस्थल नै पत्ता लगाउन हम्मेहम्मे पर्नेसमेत गरेको छ । मानिसहरु एक स्थानबाट अर्काे स्थानसम्म गईरहने हुनाले र प्राय रोगहरुका लक्षणहरु नदेखिने हुनाले पनि यसको ओरिजिन अर्थात उत्पत्तिस्थान पत्ता लगाउन अप्ठ्यारो नै हुन्छ ।

तर मानिस र जनावरहरुबीच घनिष्ट सम्बन्ध भएका स्थानहरुबाट भने यस्ता भाईरसको उत्पत्ति हुने र त्यहीँबाट बाहिर फैलने अत्याधिक सम्भावना रहन्छ । र एक जनावरमा उत्पत्ति भएको उक्त भाईरस जनावरहरुबीचको सम्बन्धका कारण धेरै जनावरमा फैलन्छ । जसका कारण पनि भाईरसको उत्पत्ति यही जनावरबाट भएको हो भनेर ठम्याउनै गाह्रो पर्ने गर्दछ ।

तर मानिसलाई हालसम्मकै धेरै भाईरस संक्रमणकारी मानिएको छ । अर्थात भाईरसको संक्रमण हुने प्राय स्थानहरुमा मान्छे पुगेकै हुन्छ र समुदायमा उक्त भाईरस फैलाउन समेत मद्धत गरेको हुन्छ । जसका पछिल्लो उदाहरण हो सार्सका लागि एशिया र इबोलाका लागि अफ्रिका ।

तर अब फैलने नयाँ महामारी कसरी र कहिले कस्तो अवस्थामा फैलन्छ भनेर भन्न सकिने अवस्था छैन । जनावरबाट मानिसमा सरेको भाईरसले महामारीको रुप लिने त सबैलाई अवगतै भएपनि अबको महामारीको रुपको बारेमा भन्न नसकिने वैज्ञानिकहरु बताउँछन् ।

तर यसको रोकथामका लागि भने पहिल्यै जनावरहरुबाट सर्ने भाईरसबाट बच्नेलगायतबा उपाय अपनाउन सकिने विज्ञहरुको ठहर छ । हालको साँघुरो विश्वमा यस्ता भाईरसहरु एकबाट अर्काेमा सर्ने प्रक्रिया त्यति अप्ठ्योरो नभएकाले जुनसुकै जतिबेला पनि जस्तोसुकै रोगले महामारीको रुप लिन सकिने विज्ञहरुको भनाई छ । विफोरुमबाट अनुवादित

प्रतिक्रिया दिनुहोस्
MBL