Logo

मन्त्रिपरिषद् पुर्नगठन : थपिए ३ मन्त्री, अर्थको जिम्मा विष्णु पौडेलले पाउँदा संचारमा पार्वत गुरुङ

मन्त्रिपरिषद् पुर्नगठन : थपिए ३ मन्त्री, अर्थको जिम्मा विष्णु पौडेलले पाउँदा संचारमा पार्वत गुरुङ



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले रिक्त रहेका ३ वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गुर्नुका साथै २ जना मन्त्रीको जिम्मेवारी समेत हेरफेर गरेका छन् ।

उनले यस अघि रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा थप ३ मन्त्री नियुक्त गरेका हुन् ।

जस अनुसार यसअघि रिक्त रहेको अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई दिएका छन् । साथै सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन् ।

यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई सुचना संचार तथा प्रविधी मन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ नयाँ मन्त्रीहरु नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL