Logo

नाका बन्द हुँदा पनि चीनबाट १ महिनामै ११ अर्बको सामान आयात, यसरी भित्रियो चीनबाट विभिन्न बस्तु

नाका बन्द हुँदा पनि चीनबाट १ महिनामै ११ अर्बको सामान आयात, यसरी भित्रियो चीनबाट विभिन्न बस्तु



काठमाडौं । करिव ९ महिनाअघि चीनबाट सुरु भएको विश्वव्यापी कोरोना महामारी (कोभिड–१९) का कारण विश्वकै व्यापारिक नेटवर्कमा गम्भीर असर परेको छ । नेपाल पनि गत चैत्रबाट कोरोनाका कारण लकडाउनको स्थितिमा रह्यो । कोरोना रोकथाम तथा नियन्त्रण्का लागि भन्दै सरकारले नेपालले चीनबाट मालवस्तु आयात गर्ने मुख्य २ नाका रसुवागढी र तातोपानीलाई पनि बन्द गरेको थियो ।

laxmi

तर, पछिल्लो ९ महिनादेखि बन्द उक्त २ नाकाबाट नेपाल तर्फको आयात रोकिए पनि चीनबाट नेपालतर्फ हुने आयात भने रोकिएन । सडक नाकाको रुपमा रहेका यी दुई नाका बन्द हुँदा पनि नेपालमा चीबाट हुने आयात भने प्रभावित नभएको देखिन्छ । अहिल नाकामा नेपाली व्यवसायीले चीनबाट ल्याएका हजारौं कन्टेनर सामान नाकामा यत्तिकै रोकिएका छन् । ।

चीनबाट आयात हुने प्रमुख २ नाका नै ठप्प भएपछि चीनबाट हुने आयात शुन्यप्राय हुनुपर्ने हो । तर, विभिन्न सरकारी तथ्यांकअनुसार नेपालमा चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउनमै चीनतर्फबाट ११ अर्ब १७ करोड ९० लाख रुपैयाँ बराबरको मालसामान आयात भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्यांकअनुसार साउनमा चीनबाट मात्रै उक्त संख्यामा मालवस्तु आयात भएको हो ।

पछिल्लो समय नेपाली व्यवसायीहरुले खाद्यान्न, लत्ताकपडालगायत विभिन्न सामानहरुका हजारौं कन्टेनर नाकामै थुनिएको बताउँदै आएका छन् । चिनियाँ पक्ष र नेपाली पक्षले पनि कोरोनाको वृद्धिभ रोक्नका लागि नाका नै बन्द गरिेका थिए । सोहीअनुसार नेपालमा आउने प्राय मालवस्तुहरु नाकामै थुनिएका थिए भने कतिपय खाद्यान्न बस्तुहरु नष्टसमेत गर्नुपरेको अवस्था छ ।

चीनबाट मालसामान आयात हुने यी प्रमुख २ नाका बन्द हुँदापनि १ महिनाको पछिल्लो तथ्यांकल भने आयात नघटेका देखाउँछ । अहिले बस्तु चीनतर्फका मुख्य २ नाकाबाहेक अन्य नाका, भारतीय बन्दरगाहको बाटो हुँदै पनि सामान आएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट बताउँछन् । उनका अनुसार कोरोनाको महामारी फैलिएसँगै उत्तरतिरका नाका बन्द हुँदा दक्षिणतिरका बन्दरगाह बढी नै सक्रिय भएका थिए । सोहीअनुसार भारतको कोलकत्ता नाका हुँदै चीनबाट सामान आएको उनको भनाई छ ।

भन्सार विभागका अनुसार साउन महिनामा वीरगंज, भैरहवा नाकाबाट मालसामान आउने प्रक्रिया भने बढेको थियो । जसअनुसार बीरगंज नाकाबाट मात्रै साउन महिनाभरी २३ अर्ब ६३ करोड रुपैयाँबराबरको मालसामान आयात भएको छ भने भैरहवा नाकाबाट मात्रै १८ अर्ब २७ करोड रुपैयाँ बराबरको मालसामान आयात भएको थियो ।

यस अवधिमा चीनतर्फका मूख्य नाका तातोपानी र रसुवाबाट भने क्रमशः १५ करोड र ९७ करोड रुपैयाँबराबरको मालसामान आयात भएको छ । चीनतर्फबाट आउने सामानमा भने अत्यावश्यक मानिएका सामान मात्रै आएको व्यवसायीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL