Logo

सफल लगानीकर्ताका ४ समान सुत्रहरु, जसलाई अपनाएर तपाई पनि सफल लगानीकर्ता बन्न सक्नुहुन्छ

सफल लगानीकर्ताका ४ समान सुत्रहरु, जसलाई अपनाएर तपाई पनि सफल लगानीकर्ता बन्न सक्नुहुन्छ



तपाईलाई यस्तो लाग्न सक्छ कि तपाईसँग भएको पूँजीलाई सार्थक रुपमा लगानी गर्न तपाई एक विशेषज्ञ हुनु पर्छ । तर, धेरै अध्ययनहरूबाट प्राप्त निष्कर्ष भने बिलकुलै फरक छ । अध्यन अनुसार व्यक्तिगत लगानीकर्ताहरू आफैंले पैसा व्यवस्थापन गर्नमा त्यति सफल हुँदैनन् । हामीमध्ये धेरै भावनात्मकताको आधारमा लगानीको निर्णय लिन्छौं, र लामो समयसम्म लगानी होल्ड गर्न असफल हुन्छौं ।

र जब एक लगानीकर्ता असफल हुन्छ, यो प्रायः तयारीको कमीको कारणले हुन्छ । फिनरा फाउन्डेसनले गरेको एक २०१९ मा गरेको एक अध्ययनले देखायो कि ३४ प्रतिशत सहभागीले मात्र वित्तीय साक्षरताको बारेमा आधारभूत प्रश्नहरूको उत्तर दिन सके । त्यो समान अध्ययनले देखायो ५४ प्रतिशत व्यक्तिले भविष्यका लागि कति पैसा आवश्यक हुन सक्छ भनेर सोचविचार गरेका थिएनन् ।

सफल लगानीकर्ताहरूसँग यी ४ समान बानीहरू

जबकि यी खोजहरूले यो संकेत दिन्छ कि ठूलो संख्यामा अर्थपूर्ण तरिकामा लगानी गरिरहेका छैनन्, धेरै लगानीकर्ताहरूले अझै पनि उनीहरूको वित्तियता बुद्धिमानीपूर्वक व्यवस्थापन गरिरहेका छन्, र परिणामस्वरूप बाँचिरहेका छन् । एक लगानीकर्ताको रूपमा सफल हुनको लागि, तपाईंले आफ्नो बानी बदल्न आवश्यक पर्दछ । यी चरणहरू केहि महत्वपूर्ण वित्तीय बानी हुन् जुन सफल लगानीकर्ताहरूसँग समान रहेका देखिन्छन् ।

१. लगानी योजना

चाहे यो सेवानिवृत्तिको लागि हो वा बच्चाको शिक्षाको लागि, सफल लगानीकर्ताहरूको दिमागमा अन्तिम बुँदा हुन्छ, र तिनीहरूले त्यो लक्ष्यमा पुग्नको लागि योजना सिर्जना गर्छन् । तपाईंको आफ्नै लगानी योजना बनाउनको लागि, आफ्नो लक्ष्यहरू लेखेर सुरू गर्नुहोस् र हेर्नुहोस् कि तपाईंले प्रत्येक महिना वा प्रत्येक वर्षका लागि कति बजेट आवश्यक छ । र त्यो लक्ष्यको लागि पर्याप्त बचत गर्नुहोस् । त्यहाँबाट, जहाँ तपाईं आफ्नो पैसा बचत गर्दै हुनुहुन्छ विचार गर्नुहोस । यहाँ यो सम्पत्ति बाँडफाँड मोडेलहरू अनुसन्धान गर्न उपयोगी हुन सक्छ कि स्टक, बन्ड, र नगद बचतबारे निर्णय गर्न । तपाईको प्रतिफलको अपेक्षा औसत दर गणना गर्न यी मोडेल प्रयोग गर्न सक्नुहुन्छ, र आफ्नो पोर्टफोलियो आँकलन गर्न सक्नुहुन्छ ।

२. जानकार रहन्छन

वारेन बफेटको एउटा प्रचलित भनाई छ, ‘तपाईले नसक्ने व्यवसायमा कहिल्यै लगानी नगर्नुहोस् ।’ सफल लगानीकर्ताहरू तिनीहरूसँग भएको प्रत्येक स्टकमा आवश्यक विज्ञहरू हुँदैनन्, तर तिनीहरू आफूलाई गम्भीरतापूर्वक लगानी गर्ने बारे शिक्षा दिन्छन् । अझ बढी, सफल लगानीकर्ताहरू उनीहरू कहाँ लगानी सल्लाह लिने बारेमा सतर्क हुन्छन् । तपाईं स्टक बजार क्षेत्रहरूबारे आफैंले शिक्षा लिन सक्नुहुन्छ । समाचार, लेखहरू वा स्टक मार्केटले प्रदान गर्ने जानकारीहरुबाट यस्तो जानकारी लिन सकिन्छ । अवश्य पनि, तपाईले सम्बन्धित कम्पनीको वेवसाइटमा गएर कम्पनीको बारेमा धेरैे कुरा पनि बुझ्न सक्नुहुन्छ । गहिरो अध्ययनको लागि तपाईले जुन कम्पनीमा लगानी गर्ने हो त्यो कम्पनीको वित्तिय अवस्थाबारे अध्ययन गर्न सकनुहुन्छ र कम्पनीको वित्तीय स्वास्थ्यको बारेमा जान्न सक्नुहुन्छ ।


३.लगानीलाई प्राथमिकता

धेरै व्यक्तिहरूको लागि, लगानी अन्तिम प्राथमिकता बन्न सक्छ, अरू सबैको खातिर उनीहरूको बैंक खातामा तान्न । सफल लगानीकर्ताहरूले भने आफ्नो जीवनभर लगानीलाई प्राथमिकतामा राख्छन् । सबैजना लगानीको लागि धेरै पैसाको साथ सुरू गर्दैनन्, तर, नियमित तालिकाको एउटा अंशको रुपमा लगानी गर्नु चाँडो नै सफलता प्राप्त गर्ने बाटो हो । त्यो मात्र एक केमा लगानी गर्ने भन्ने भएपनि । समयको साथ, लगातार लगानीले तपाईंलाई सम्पत्ति वृद्धिमा ठूलो अवसर प्रदान गर्दछ ।

४.समायोजन गर्दछन्

जब तपाईंको जीवन परिवर्तन हुन्छ, तपाईंको लक्ष्यहरू पनि परिवर्तन हुन सक्दछन् । जब ती परिवर्तनहरू हुन्छन्, यो महत्वपूर्ण छ कि तपाईंको लगानी योजनाको पुनःसमीक्षा गर्नुपर्छ । यस्तो समीक्षा किन जरुी हुन्छ भने यो कुरा निश्चित गर्न कि यो अझ पनि तपाईंको नयाँ अवस्थाको लागि उपयसुक्त छ कि छैन भन्नेमा निर्णय गर्न सहयोगी हुन्छ ।

सफल लगानीकर्ताहरूले आफ्ना योजनाहरू निर्धारित गरेर यसै छाड्दैनन् । यसको सट्टामा, उनीहरू निश्चित गर्छन् कि उनीहरूको योजनाहरू फाइदाजनक छन कि छैनन् । यसको परीक्षणका लागि कम्तिमा वर्षमा एक पटक उनीहरू योजनाहरूको समीक्षा गर्छन । उनीहरूले आफ्ना योजनाहरू अद्यावधिक गर्छन जब महत्वपूर्ण अवसर आउँछ । जस्तै : कुनै लक्ष्य प्राप्त गर्दा नयाँ बच्चा, वा नयाँ घर खरीद गर्दा कसरी यस्ता उनीहरूको योजनालाई बदल्नेछ भनेर उनीहरु लगानीबारे निर्णय गर्छन । एमएसएन मनिबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL