Logo

महासंघलाई विवादमा फसाउँदै अध्यक्ष राणा, छलफल नै नभएको विषयमा खेद प्रस्ताव पारित भएपछि उपाध्यक्षहरुको ध्याकर्षण

महासंघलाई विवादमा फसाउँदै अध्यक्ष राणा, छलफल नै नभएको विषयमा खेद प्रस्ताव पारित भएपछि उपाध्यक्षहरुको ध्याकर्षण



काठमाडौं । केही समययता चुनावी विषयलाई लिएर विवादमा तानिएको नेपाल उद्योग वाणिज्य महासंघ थप विवादमा फसेको छ ।

laxmi

महासंघका अध्यक्ष भवानी राणाले बैंठकमा छलफल नै नभएको विषयलाई लिएर महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकाल विरुद्ध खेद प्रस्ताव पारित गरेपछि थप विवाद चुलिएको हो ।

महासंघल अध्यक्ष राणाले यही जेठ २३ गते भएको पदाधिकारी बैंठकले पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य ढकाल विरुद्ध खेद प्रस्ताव पारित गरेको भन्ने समाचार आएपछि महासंघका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र उमेशलाल श्रेष्ठ तथा कोषाध्यक्ष निरक केसीले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

पदाधिकारी बैठकको एजेन्डामा नै नरहेको उक्त विषयमा बैठकले सर्वसम्मतरुपमा खेद प्रस्ताव पारित गरेको भन्ने समाचारले महासंघको गरिमा र प्रतिष्ठामा आँच पुर्याउने र महासंघलाई नै झन कमजोर बनाएको महशुस भएको उनीहरुले बताएका छन् ।

त्यस्तै उनीहरुले यस्ता गम्भिर विषयहरुमा छलफल गर्दा पदाधिकारी, सचिवालय तथा कार्यसमितिको एजेण्डामा ल्याउनुपर्ने र सबैको सहमतीमा मात्र अगाडि बढाउनुपर्ने हुनाले बैठकमा प्रयाप्त छलफल गरेर मात्र अगाडि बढ्न समेत अध्यक्ष राणालाई आग्रह गरेका छन् ।

अध्यक्ष राणाले सिमिति व्यक्तिहरुको कोटरीमा बसेर सोही अनुरुप स्वार्थ बाझिनेगरी निर्णय गर्न थालेपछि महासंघका बहुमत सदस्यहरुले त्यसको विरोध गर्न थालेका छन् । महासंघ इतिहासमै अध्यक्ष राणाले महासंघलाई कमजोर बनाउने गरी आफ्ना स्वार्थ अनुरुपका निर्णयहरु गर्दा महासंघको साख समेत गुमेको महासंघ संबद्ध सदस्यहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL