Logo

राहत माग्ने निजी क्षेत्रलाई प्रधानमन्त्रीको जवाफ, ‘जनतालाई बाहिर राखेर राज्यले नधान्नेगरी दिन सक्दैन’

राहत माग्ने निजी क्षेत्रलाई प्रधानमन्त्रीको जवाफ, ‘जनतालाई बाहिर राखेर राज्यले नधान्नेगरी दिन सक्दैन’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रले माग राख्दैमा हँचुवाको भरमा राहत दिन नसक्ने बताएका छन् । ‘राहत देखाउने कुरा होइन भने राज्यले आफ्नो क्षमताले नधान्ने गरी दिन पनि सक्दैन,’ संसदमा बोल्दै उनले भने, ‘हामी जो जहाँ छौ जुन स्थितीमा छौं त्यहिँबाट अग्रसर भएर काम गरौं अघि बढौं ।’

सरकारले जनतालाई बोलीमा एउटा र व्यवहार अर्के गर्नेगरी छलछामको काम नगर्ने भन्दै राम्रोसँग हिसावकिताव गरेर राज्यले धान्ने गरी स्रोतमा आधारित भएर राहतमा दिने समेत उनले जानकारी दिए ।

राज्यको प्राथमिकतमा जनताको रोजगारी सिर्जना र कोभिड १९ को माहामारीबाट रोजगारी गुमेका जनलाई रोजगारी दिने भएको जानकारी दिँदै त्यसतर्फ सरकार सचेत रहेको बताए ।

तर देशको अर्थतन्त्रलाई चलायमान बनाएर अघि बढाउन सरकारले सक्दो प्रयास गर्ने समेत प्रधानमन्त्री ओलीको उद्घोष थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL