Logo

कोरोना महामारीसँगै प्रविधिमा नयाँ प्रयोग, मास्क लगाएरै स्मार्टफोन ‘फेस अनलक’ हुने

कोरोना महामारीसँगै प्रविधिमा नयाँ प्रयोग, मास्क लगाएरै स्मार्टफोन ‘फेस अनलक’ हुने



काठमाडौं । धेरै देशहरुमा अहिले मानिसहरु फेस मास्कले अनुहार ढाकेर हिंडेको देखिन्छ । पछिल्लो समय त विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको महामारीका कारण धेरैभन्दा धेरै मानिसहरुले मास्क लगाउन थालेका छन । कतिपय देशमा त फेस मास्कलाई अनिवार्य नै गरिएको छ ।

आफुलाई भएको संक्रमण अरुलाई नसरोस भन्नका लागि या अन्यको संक्रमण आफुलाई नसरोस भन्ने उद्देश्यले मास्क लगाउनु पनि अत्यावश्यकको रुपमा लिईएको छ । हालैका महिना अमेरिकास्थित सीडीसीले सबैलाई सार्वजनिक क्षेत्रमा जाँदा कपडाको मास्क लगाउन अनिवार्य गरेको छ ।

कपडाका मास्क तथा सर्जिकल मास्कहरु हावामा भएका धेरै साना कणहरु फिल्टर गर्नका लागि बनाईएका हुँदैनन् । तर एन ९५ मास्कले भने हावामा भएका साना साना कणहरुलाई फिल्टर गर्न सक्छ । जसका कारण एन ९५ मास्कहरु विश्वभरीका स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुका लागि माग धेरै बढ्दो छ ।

तपाईँले संक्रमणबाट बच्न जुनसुकै मास्क लगाएपनि यसको एकमात्र साझा समस्या भनेको स्मार्टफोनमा फेस अनलक गर्न नसकनु हो । मास्क लगाएपछि आफ्नो स्मार्टफोनमा फेस अनलक राख्नेहरुका लागि ठुलो समस्या पैदा भएको छ । त्यसैले हुवामी भन्ने कम्पनीले यसका लागि काम अगाडि बढाएको छ । कम्पनीले मास्क लगाएरै स्मार्टफोन अनलक गर्न सकिने गरी फेस मास्क निर्माण गर्न भएको छ ।

२ हप्ता अघि हुवामीले ‘प्रोजेक्ट युस्माईल’ मा काम गर्न लागेको घोषणा गरेको थियो । जसको उद्देश्य थियो सामाजिक दुरी कायम गर्दा सामाजिक असर नपरोस भन्ने थियो । परम्परागत मास्कको काम मानिसहरुको मौखिक हाउभाउ लुकाउनु पनि हुन्थ्यो । तर कम्पनीले परम्परागत मास्कलाई विस्थापन गर्नेगरी नयाँ मास्क ल्याउन लागेको बताएको छ । तर त्यस्तो मास्क बजारमा भने कहिले आउने खुलाईएको छैन ।

एईरी मास्क नाम दिईएको उक्त डिभाईस मुखमा मास्कको रुपमा लगाउन सकिन्छ तर अन्य मास्कको जस्तो मुखको एक्सप्रेसन भने यो मास्कले छेक्ने छैन । उक्त मास्क लगाएर श्वास फेर्दाको मुखको हाउभाउ बाहिरैबाट देखिनेछ । जसका कारण स्मार्टफोनको क्यामेराहरुले मानिसको मुखको एक्सप्रेसन रिड गरेर अनलक हुनेछन् । मास्कमा एक परिवर्तन गर्न मिल्ने एन९५ फिल्टर राखिनेछ भने वाफ झेल्न सक्ने कभर, पारदर्शी फ्रेम, भेन्टीलेसन पंखा तथा अल्ट्रा भायोलेट किरण छेक्न सकिने गरि बनाईने कम्पनीले जानकारी दिएको छ ।

यो मास्क लगाएपछि अनुहार त पुरै छोपिन्छ तर, पारदर्शी ढंगले । मास्कको साईडबाट हावा फिल्टर भएर मानिसले सजिलै शुद्ध हावामार्फत श्वासप्रश्वास गर्न सक्नेछन । मास्कमा आफै जिवाणूरहित हुने फिचर पनि राखिनेछ । यसको अर्को फाईदा भनेको पावरमा कनेक्ट छैन भनेपनि अल्ट्राभायोलेट किरणविरुद्ध भने काम गरिरहन्छ ।– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL