Logo

राष्ट्र बैंकका नयाँ गभर्नरलाई अवसर र चुनौती : नेप्सेका पूर्व सिइओ सिंहको लेख

राष्ट्र बैंकका नयाँ गभर्नरलाई अवसर र चुनौती : नेप्सेका पूर्व सिइओ सिंहको लेख



अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समितिले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर चयन गर्यो । उक्त समितिको मुख्य काम भनेकै आगामी ५ बर्षका लागि राष्ट्र बैंकमा एक सकारात्मक सोच भएको नेतृत्व गर्न सक्ने व्यक्तिको चयन गर्नु थियो । उक्त समितिले मन्त्रिपरषदमा ३ जनाको नाम सिफारिस गरेको थियो र मन्त्रीपरिषदले पूर्व डेपुटी गभर्नर र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्यो ।

नयाँ गभर्नरले अबको ५ बर्ष गभर्नरको पद सम्हाल्ने छन् । अधिकारी कोरोना भाईरसले विश्वलगायत नेपालकै अर्थतन्त्राई थिलथिलो बनाईरहेको बेलामा गभर्नर बनेका छन् । यसकारण उनीसँग अर्थतन्त्रलाई उकास्न सकिने अवसर पनि छ भने कोरोनाका कारण चुनौती पनि उत्तिकै छ । यस्तो बेलामा अर्थतन्त्रको लागत पनि सोहीअुनसार बढी छ । माग र आपूर्तिको अभाव चुलिदो छ । वित्तिय क्षेत्रमा यसको असर फैलँदो छ । हामी सबै मिलेर यसको सामना गर्नुछ । यसमा नीति नियमले पनि केही सहयोग गर्न सक्छन । मुद्रास्फिती बढिरहेको छ, वैदेशिक विनिमय खस्किँदो छ, आयात बढ्दो र निर्यातमा संकुचन जारी छ । बैंकिंङ सेक्टरमा पनि निक्षेप घट्दो छ ।

नेपाल स्टक एक्सचेन्मा पनि विभिन्न कम्पनीका मूल्य खस्किँदो छ । व्यापार घाटा बढिरहेको छ । रेमिट्यान्समा पनि सोही अनुसार गिरावट आएको छ । यसका लागि बैंकर्स एशोसियसनले तरलता अभाव, श्रमका विषय, कर्जाको प्रवाहलगायतमा केही सहयोग पुर्याउन सक्छन । यस्तै नयाँ गभर्नर र नेपाल सरकारले पनि कोरोना भाईरसबाट उत्पन्न समस्यालाई न्यूनीकरण गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ प्याकेजको घोषणा, उद्योग व्यवसायमा लोनको ग्यारेन्टी, कर्जा भुक्तानीको समयलगायतमा हेरफेर गर्न सक्छ । यस्तै करमा कटौती, कर्जाको ब्याजदरमा कटौती, श्रमिकको तलवमा सहुलियतलगायत काम गरेर पनि अघि बढ्न सकिने अवस्था छ । यस्ता खालका सुविधाहरु अन्य देशहरुले दिँदै आएका छन् । र हाम्रा छिमेकी देशहरुले यसमा काम गर्दैछन् ।

कर्जा भुक्तानीमा रोक, एनपीएको नयाँ परिभाषा, नीतिमा परिवर्तन, पर्यटन क्षेत्रमा विशेष प्याकेज ल्याउँदा हालको पूँजीलाई धेरै सहयोग पुग्नेछ । यस्तै कोरोना भाईरसको प्रकोप र असर कम्तीमा आगामी ३ महिनासम्म चल्ने निश्चित छ । सोहीअनुसार नेपालको अर्थतन्त्रका लागि पनि आगामी ३ बर्षका लागि सोच्नुपर्नेछ । यस्तै सरकारले यस अवधिमा श्रमिकको तलव, सर्वसाधारणको जीविकोपार्जनलगायतमा पनि उत्तिकै मात्रामा ध्यान दिनुपर्नेछ ।

नेपालले यस अवधिमा आर्थिक घाटा हेर्नेभन्दा पनि कृषि र उत्पादनमूलक उद्योगहरुका लागि २ देखि ३ अर्ब रुपैयाँको विशेष प्याकेजको घोषणा गर्नु आवश्यक छ । विन्सटन चर्चिलले भनेका छन्ब–‘वस्तुको अभावलाई सामान्य रुपमा लिनु हुँदैन ।’ त्यसैले हामीले पनि हाम्रो अर्थतन्त्रलाई उकास्न सीमित समय तोकेर सोहीअनुसार अघि बढ्नुपर्ने देखिन्छ । हामीले हाम्रो अर्थतन्त्रको लक्ष्यमा पुग्न नसकेपनि सोहीअनुसार अर्थतन्त्रलाई माथि उकास्न भने लागिपर्नु पर्नेछ ।

नयाँ गभर्नरले यस्तो बेलामा विशेष नेतृत्वदायी भूमिका खेल्नुपर्ने देखिन्छ । नेपालजस्ता अतिकम विकसित देशहरुमा गभर्नरको भूमिका पनि मुख्यतया विशेष रहन्छ । यसैले मन्त्रिपरिषदले नियुक्ती गरेका नवनियुक्त गभर्नरबाट धेरै आशा गरिएको छ । नेपाल राष्ट्र बैंकले देशमा वित्तीय स्थायित्व बनाउन ठूलो भुमिका खेल्ने हुँदा यसले मूल्य स्थिरतामा पनि सोहीअनुसारको प्रभाव पारिरहेको हुन्छ । वृहत अर्थतन्त्रलाई स्थापित गर्न सरकारका कदम, जनताको साथ र उचित नेतृत्वको आवश्यकता पर्छ । जसका लागि नेपाल राष्ट्र बैंकको ठूलो भूमिका रहन्छ ।

विकासशील मुलुकका लागि यसले विनिमय दर र सरकारको कर क्षमतालाई समेत विस्तार गर्ने काम गर्छ । वित्तिय प्रणालीको स्थायित्वले बैंकको कार्यप्रणालीमा पनि सहयोग गर्छ । र यसले क्रेडिटलाई बचाईराख्ने र कर्जादाताको अन्तिम विकल्पको रुपमा काम गरिराख्छ । नवनियुक्त गभर्नरका लागि यो समय एक परीक्षाको समय पनि हो । यसबेला थाहा हुन्छ नयाँ गभर्नरले देशको अर्थतन्त्रलाई कहाँ पुर्याउँछन ।

नेपालको अर्थतन्त्र वास्तविक क्षेत्र र बैंक वित्तिय क्षेत्रमा आधारित छ । त्यसैले नयाँ गभर्नरको भूमिका खासगरी पूँजी बजारमा हुने देखिन्छ । राष्ट्र बैंकको प्रमुख भनेको वृहत अर्थतन्त्रमा दक्खल हुनु पनि हो र यसको व्यापक ज्ञान हुनु पनि हो । तर, नेपाल राष्ट्र बैंकका लागि भने लामो र वित्तिय क्षेत्रका सबै सूचकको अनुभव भएको मानिसको आवश्यक हुन्छ र जुन अधिकारीको नियुक्तिले पूर्ति भएको छ । सिंह नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा नेपाल चेम्बर अफ कमर्शका निर्देशक हुन्

प्रतिक्रिया दिनुहोस्
MBL