Logo

अमेरिका कोरोना भाईरसको ईपिसेन्टर बन्दै जाँदा विश्लेषक भन्छन– यसरी घट्छ अब सुनको मूल्य

अमेरिका कोरोना भाईरसको ईपिसेन्टर बन्दै जाँदा विश्लेषक भन्छन– यसरी घट्छ अब सुनको मूल्य



काठमाडौं । पछिल्लो समय अमेरिकामा कोरोनाको कहर थप बढिरहेको छ । यस्तोमा केही समययता उचाईमा पुगेको सुनको मूल्यमा पनि गिरावट आउने प्रक्षेपण गरिएको छ । अमेरिकी सेयरबजारमा पछिल्लो समय फैलिएको कोरोनाको असरले ठूलो गिरावट आईरहेको छ ।

अमेरिकालाई कोरोना भाईरसको ईपिसेन्टरको उपमा दिएर सेयरबजारमा खेलवाड भईरहेको अमेरिकी मिडियाले दाबी गर्दै आएका छन । हाल अमेरिकामा मात्रै झण्डै १ लाखभन्दा बढी यसका संक्रमित छन भने १ हजार ५ सयभन्दा बढीको मृत्यु भईसकेको छ । हाल विश्वभर ५ लाखभन्दा बढी संक्रमित छन भने २६ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । पछिल्लो समय अमेरिकामा बढ्दै गईरहेको कोरोनाको प्रकोपका कारण विश्व अर्थतन्त्रमा झनै नकारात्मक असर परिरहेको छ ।

अमेरिका कोरोना भाईरसको ईपिसेन्टर बन्दै जाँदा बजारमा असर परिरहेको विज्ञहरुले बताएका छन । जसका कारण पहेलो धातुको मुल्य अब उचाईमा नरहने अनुमान गरिएको छ । अमेरिकामा बेरोजगारीको संख्या बढिरहेको छ । साप्ताहिक रुपमा बेरोजगारीको संख्यामा गिरावट हेर्ने हो भने यसको डरलाग्दो तथ्यांक हेर्न पाईन्छ । एक हप्तामा २८ लाख अमेरिकीले बेरोजगारी भत्ताका लागि आवेदन दिएका छन् । यसैबीच अमेरिकाको सेयरबजारमा भविष्यमा घट्न सक्ने मूल्यका बारेमा धेरै प्रश्नहरु खडा हुन थालेका छन ।

अमेरिकालाई कोरोना भाईरससँग जोडेर आगामी हप्तासम्म सुनको मूल्यमा भारी गिरावट आउने देखिएको छ । यस्तै पछिल्लो समय विभिन्न माईनिंग कम्पनीहरुले सुन निकाल्न र रिफाईन गर्न बन्द गरेका छन । यसैबीच बजारमा सुनको कमी नभएको पनि कम्पनीहरुले बताईरहेका छन । हाल लण्डनमा मात्रै ९ हजार टनभन्दा बढी सुन मौज्दात रहेको माईनिंग कम्पनीहरु बताउँदै आएका छन ।

आगामी हप्तासम्म सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा १ हजार ६ सय ५० बाट झरेर १६ सयमा झर्ने अनुमान गरिएको छ । यस्त अवस्था बजारमा यथावत रह्यो भने १ महिनापछि सुनको मूल्य १५ सय प्रतिऔंस पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL