Logo

नेप्सेका सिईओ साउद भन्छन्, ‘लोकतन्त्रमा बोल्ने छुट सबैलाई छ तर बजार कानून अनुसार चल्छ’

नेप्सेका सिईओ साउद भन्छन्, ‘लोकतन्त्रमा बोल्ने छुट सबैलाई छ तर बजार कानून अनुसार चल्छ’



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउदले बजार ऐन नियमको परिधीभित्र रही संचालन गरिएको बताएका छन् । आईतबार लगानीकर्ता, ब्रोकर तथा विभिन्न सरोकारवाला निकायहरुले साउदले सिमित स्वार्थको लागि बजार खुला गरेको आरोप लगाएर तत्काल बन्द गर्नुपर्ने बताईरहँदा उनले भने नेप्से ऐन नियमको परिधिभित्र रहेर नै खुला गरिएको जानकारी दिए ।

‘लोकतन्त्रमा जसले जेपनि बोल्न पायो तर बजार बोलीको भरमा हैन नियम कानून अनुसार चल्छ,’ साउदले भने, ‘हामीले यस विषयमा विहानै अर्थमन्त्रालयमा नेपाल धितोपत्र बोर्ड, नेप्से र अर्थमन्त्रालयका अधिकारीसँग छलफल गरेका थियौं सोही छलफल अनुरुपनै बजार खुला गरेका हौं ।’

ऐन अनुसार दैविक प्रकोप तथा प्राकृतिक प्रकोप, काबु बाहिरको अवस्था सिर्जना भएका वा धितोपत्र बोर्डले निर्देशन दिएर ५ दिनका लागि कारोबार रोक्न सक्ने उल्लेख छ । तर, अहिलेको अवस्थामा कुनै पनि अवस्था सिर्जना नभएकाले बजार खुला गरिएको समेत जानकारी दिए ।
तर आज अर्थमन्त्रालयका भएको छलफल अनुसार सोमबारदेखि बजारदेखि केही दिनका लागि बजार बन्द हुन सक्ने उनको भनाई थियो । ‘अहिलेको अवस्था अध्ययन गरी बजार रोक्ने वा खुला गर्ने सम्बन्धमा अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई निर्देशन दिएको छ,’ उनले भने, ‘सायद आजै बोर्डले नेप्सेलाई चिठ्ठी लेख्छ होला त्यसैको आधारमा संचालक समिति बैंठक बसेर खोल्ने वा रोक्ने निर्णय गर्नेछौं ।’

कोरोना भाइरसको त्रासबीच आईतबार खुलेको बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेको केही समयपछि ओरालो लागेको बजार अन्तिममा १८ अंकले घटेर १९ करोड ४६ लाख रुपैयाँको कारोबार भएर बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL