Logo

सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई उडान अनुमति दिन पर्यटन मन्त्रीको निर्देशन, नेपाल कोरोना मुक्त घोषणा

सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई उडान अनुमति दिन पर्यटन मन्त्रीको निर्देशन, नेपाल कोरोना मुक्त घोषणा



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालमा उडान गर्न इच्छुक अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री भट्टराईले नेपाल वायसुसेवा निगमको जहाजलाई समेत नेपालका पर्यटन श्रोत बजारलाई लक्षित गरि उडानको आवश्यक प्रक्रिया तथा तयारी गर्न निर्देशन दिएका छन ।

मंगलबार नेपाल पर्यटन बोर्ड, भ्रमण बर्ष सचिवालय तथा निगमका पदाधिकारीहरुसँगको छलफलमा उनले निर्देशन दिएका हुन । साथै कोरोना भाईरसका कारण नेपालको पर्यटन क्षेत्रमा नकरात्मक प्रभाव पर्न नदिन कोरोना भाईरसमुक्त क्षेत्र रहेको सन्देश विश्वभर फैलाउन अवलम्बन गर्नु पर्ने बैकल्पिक रणनीतिहरु तयार गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिएका छन ।

मन्त्री भट्टराईले नेपाल कोरोना भाईरस मुक्त क्षेत्र घोषणा गर्न ३ दिन भित्र अंग्रेजी, हिन्दी र चिनियाँ भाषामा श्रब्यदृष्य सामग्री तयार गरि मन्त्रालय, विदेशीस्थित नेपाली नियोग, पर्यटन बोर्ड, भ्रमण बर्ष सचिवालय तथा अन्य सामाजिक संजाल तथा वेवसाईटहरुमा राख्ने ब्यवस्था मिलाउन समेत निर्देशन दिएका छन ।

साथै उनले भ्रमण बर्षलाई सफल बनाउन विदेशस्थित नेपाली नियोग, गैरआवासिय नेपाली संघसँगको सहकार्यमा प्रमुख पर्यटन बजारहरुबाट सेलिब्रेटीहरु, खेलाडी, संचारकर्मीलगायतलाई नेपाल भ्रमण गराई पर्यटन प्रवर्द्धन गर्न गराउन समेत निर्देशन दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL